पट्याऊ र दरबार (कविता)

वैरागी जेठा
बिल्कुलै उराठ छ
मेरो छातीमा उभिएको दरबार
किन किन
भैरवीको फुटेको निधार
मैले हेर्नै सकिन
कवितारामहरूले
पालले छोपिदिएको सम्झिएँ
मन पोलीरह्यो
बुढो कविको अगाडि
तप तप बगिरहेका
सपनाका पानीहरू
बिल्कु लै उराठ
गृष्ममा लगाइएका झिल्काहरूले
अँगार बनाइएका
धर्तीमा उम्रिएका
पट्याऊ खाइयो बेस्करी
ब’ढो कविसँग
सयौँ य’ग
भञ्ज्याङ र बेसी गर्दै
बाँचेको दरबार अगाडि
कुनै राजनीति थिएन
बिचरो दरबार
रातको नौ बजे
पट्याऊ दिएर निदाउँछ
मन सलबलाईरह्यो
हामी
बुढो कविसँगै
स्वादले पट्याऊ चपाइरह्यौँ
पट्याऊझैँ पट्पट भुटिएको
प्यारो दरबार
ऐया ऐया भनिरहेथ्यो
बुढो कवि भनिरहेथे
देवी भएर पनि
किन यस्तो वैराग्य
छन्दे कवि सोचिरहेथ्यो
के के सोच्यो क’न्नि
सूर्यको मुखसँगसँगै
एक सूर्को चियामा
कोइली झैँ बासिरहेथ्यो
श्यामहरू फिस फिस झरिरहेथे
प्राचीन टुँडिखेलमा

गम्भिर हुँदै सुस्ताएँ
एका विहानै
दुःखी किसानले जस्तै
कविका चिन्नहरू
अशोक वृक्ष माग्छन्
थेप्चो पहाडमा
धर्म संकट छाउँछ
कविता बोलिरहेकी छैन्
पूर्व तादी
पश्चिम त्रिशूली पहेँला भएर
सुसाइरहे थे
श्यामहरू कुदिरहेथे
बुढो कवि
हामीसँगै
तल तल झरिरहेथे
म निर्धक्क थिएँ
उनी मसँगै
लगाम लगाएका घोडाझैँ
हिँड्ने छन्
उकालो उक्लिरहेको समय
हाम्रो सामुन्ने ,
एउटा गुच्चा आयो
मैले नै समाएँ
बुढो कवि निकै रमाए
उनी भन्दा धेरै कान्छो म
विचार गरिरहेँ
पाँच किलोमिटर उक्लिए पछि
उनी भित्र छिरेँ
गुच्चाले बोकेर कुद्यो
इन्द्रचोकमा रोकिन
बुढो कविले
फुर्ति साथ धुवाँ उडाए
छन्दे डराइरह्यो
वसन्ते शिलोक घन्काउँछ
बुढो कवि
मलाई हेरेर हाँस्छ
म चाहन्थे
कोत देखाउन
श्यामले छेकिरह्यो
धेरै पटक ,असफल बनाइरह्यो
पट्याऊझैँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया