पतिको हट सिनले पत्नीलाई तनाव

एजन्सी ११ कार्तिक ।
आफ्ना पतिले सना खानसँग हट सिन दिएकोमा अभिनेता गुरमित चौधरीकी पत्नी देबिना बनर्जी निकै रुष्ट भएकी छिन् ।

‘बजह तुम हो’ नामक फिल्मको ट्रेलरमा गुरमित र सनाको अन्तरंग दृस्य रहेको थाहा भए पनि देबिनाले गुरमितले त्यति धेरै हट सिन दिए होला भन्ने कल्पना पनि गरेकी थिइनन् रे । त्यसैले ट्रेलर सार्वजनिक भएदेखि नै देबिना तनाग्रस्त रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बजह तुम हो सरममन जोशी, गुरमित र सना प्रमुख भूमिकामा रहेका लो बजेट फिल्म हो । अचम्मको कुरा त के छ भने गुरमित पत्नी देबिना अफैं पनि अभिनेत्री हुन् ।

उनको फिल्म तथा टेलिभिजनमा राम्रै परिचय छ । उनले पतिका हटसिन देखेर त्यति धेरै डिस्टर्ब हुनेपर्ने कारणचाहि देखिदैन । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया