पब्जी खेल माथि सरकारले लगायो प्रतिबन्ध !

काठमाडौं २८ चैत ।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।

पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए । इन्टरनेटमा खेलिने भिडियो खेल हो पब्जी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया