‘परदेशीको नाउँमा’ सागरको यस्तो सन्देश ( भिडियो सहित )

विजनेसपाटी २३ मंसिर
कलाकार सागर थापाले परदेशमा रहेकी आफ्नीको सम्झनामा ‘परदेशीको नाउँमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन । युटुब मार्फत भर्खरै सार्वजनिक गीतमा प्रेमिकाको अभाव खड्किएपछीको अत्यन्त मार्मिक सन्देश रहेको छ । विरानो ठाँउमा प्रेमिकाको याद आउँदा आधा मुटुक्रिएको जस्तो हुने अत्यन्त मार्मिक भावना गीतमा समेटिएको छ । निर्मल केसी र करिष्मा घर्तीको स्वरले सजिएको गीतमा सागर थापाको शब्द तथा भद्र नकालको संगीत रहेको छ । गीतमा टेकेन्द्र र रिचाले दमदार अभिनय गरेका छन । चर्चित गायिका एवं सर्जक गायत्री थापाको निर्देशन रहेको गीतमा प्रविन रेश्मीमगरले सम्पादन गरेका हुन् । युटुबमा चर्चा कमाइरहेको गीतको बजार व्यवस्थापन तथा उत्पादन शिबदर्शन फिल्मस् प्रालिले गरेको हो ।

भिडियो हर्ने तल क्लिक गर्नुस 

फेसबुकबाट तपाईको प्रतिक्रिया