पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’ सार्वजनिक

बिजनेसपाटी सम्बाददाता

काठमाडौं  २२ असार

लेखक तथा पत्रकार राजेन्द्र पराजुली द्वारा लिखित कथा संग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’ बुधबार सार्वजनिक भएको छ।  चौथो कथाकृतिको रुपमा आएको यस कथासंग्रहमा विसङ्गतिहरूप्रति कडा आलोचकीय दृष्टी राखिएका २० ओटा कथा समाबेश छन्। समकालीन राजनीतिका कुरूपता र जडताहरूको केन्द्रमा यस कथासंग्रह  केन्द्रित छ। कथामा पराजुलीले बदलिँदो समाज, फेरिँदो सौन्दर्य र भत्किँदो सङ्क्रमणलाई जीवन्त बिम्बहरूमा उतारेका छन्। कला  साहित्य तथा पत्रकारितामा लामो समयदेखि संलग्न  पराजुली  साहित्यमा आख्यानकार, कवि, सम्पादक र समीक्षकका रूपमा सक्रिय छन्। उनका ‘विकल्प यात्रा’, ‘जाडोमा भोक’ र ‘सपनामा मार्क्स’ कथासङ्ग्रह, ‘अनायिका’ उपन्यास तथा ‘भ्रष्ट संवेदना’ कवितासङ्ग्रह चर्चित छन्। पराजुलीले बिभिन्न विधामा आधा दर्जन प्रतिनिधि सङ्ग्रहहरूको सम्पादन गरिसकेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया