पर्यटन, लघु-जलविद्युत र कृषि बागलुङको सम्भावनाका क्षेत्र हुन्– ढकाल

काठमाडौं १७ पुस ।
आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सव–२०७४ लाई शुक्रबार सम्बोधन गर्दै बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले बागलुङ्वासीको क्रयशक्ति बढाएको बताएका छन् । यसरी प्राप्त हुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचन सम्पन्न भइसकेको र नेपालको राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गति लिने अपेक्षा अध्यक्ष ढकालले गरे । पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमा बागलुङको अत्यन्तै सम्भावना भएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको बताए ।
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गरेको उक्त महोत्सवको उद्घाटन सत्रलाई माननीय देबेन्द्र पौडेल र डा. सूर्य पाठक लागायत स्थानीय उधोगी ब्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आइएमई ग्रुपले सह–प्रायोजन गरेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया