‘पशुपक्षीं विकासमा बाधक स्रोत र पूर्वाधार’

बिजनेसपाटी २ चैत्र ।
पशुपक्षी उत्पादनमा बढोत्तरी नहुनुमा यसका स्रोत र पूर्वाधारको सही ब्यवस्थापन नहुनु रहेको वीज्ञहरुले औंल्याएका छन् । विज्ञहरुले स्रोतको सही प्रयोग एवं व्यवस्थापन भएको खण्डमा प्रदेश २ मा पशुपक्षीको उत्पादन बढाएर आन्तरिक मागको पूर्तीका साथै मुलुकका अन्य भागमा पनि निर्यात गर्न सकिने कुरामा जोड दिएका छन् ।
राष्टिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयले आइतबार जनकपुरधाममा आयोजना गरेको पशुपक्षीको सामुदायिक स्रोत मिलानका लागि प्रदेश स्तरीय कार्याशाला गोष्ठीमा सहभागी भएका विज्ञहरुले अहिले पनि पशुजन्य पदार्थ दुध, दही, अण्डा अन्य भागबाट आयात गर्नु परेको बताएका छन् ।
कार्यक्रममा प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा वंशी शर्माले प्रदेश २ पशुपक्षी उत्पादनका दृष्टिले उर्वर भूमी भएको बताउँदै विगतमा यसको उत्पादनमा कुनै ध्यान नदिइएको कारण अहिले आत्मनिर्भर नभएको बताए । उनले प्रदेश सरकारले पशुपक्षीको उत्पादन वैज्ञानिक विधि र प्रक्रियाद्धारा गर्नेगरी प्रदेश सरकार अघाडी बढेको बताउँदै प्रत्येक जिल्लालाई छुट्टाछुट्टै उत्पादनको हब बनाउने किसिमले कामकाज थालिएको बताउँदै माछा उत्पादनलाई बढावा दिनका लागि प्रदेश २ मा तीन सयको सङख्यामा सोलार पम्प वितरण गरिन लागेको बताए ।
त्यसैगरी दुग्ध तथा दुग्धजन्य पर्दाथको व्यवस्थीत विकास तथा बजारिकरणका लागि दुग्ध बोर्डको ऐन ल्याएर अगाडी बढ्ने पनि सचिव डा शर्माले बताए ।
राष्टिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालय हरिहरभवनका प्रमुख रुद्रप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पशु सेवा विभागका आयोजना निर्देशक तेज बहादुर रिजालले पशुपक्षी उत्पादनका लागि प्रदेश २ को हावापानी तथा भुगोल उपयुक्क्त भएकाले संघीय सरकारले पनि यसको उत्पादनमा सबै प्रकारको सहयोग गर्नका लागि तयार रहेको बताए ।
कर्यक्रममा मस्य मानव संशाधन विकास तथा प्राविधिक परीक्षण केन्द्र जनकपुरका प्रमुख नारायण गिरी, नेपाल कृषि अनुसन्धान परिषद परवानीपुरका कृषि वैज्ञानिक इश्वरीसिंह महतोले सामुदायिक स्रोत मिलानको सन्र्दभमाख छुट्टाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया