पहिला मजदुर थिएँ, अहिले यातायात ब्यवसायी र समाजसेवी भएको छु ।
लंकप्रसाद चौलागाँइ
यातायात ब्यवसायी एवं समाजसेवी
रामेछाप गुन्सीभदौरे–३ मा २०२४ सालमा किसान परिवारमा जन्मेका हुन् लंकप्रसाद चौलागाइ । हाल कलंकी सुइचाटार निवासी चौलागाँइ कर्मको शिलसिलामा काठमाण्डौ छिरेर ०३८ सालबाट यातायात क्षेत्रमा मजदुरी सुरु गरे । मजदुर हुदै उनले ०४७ सालबाट यातायात ब्यवसायीको रुपमा आफुलाइ उभ्याए । त्यसपछी निरन्तर ब्यवसायीक सफलता आर्जन गर्दै आएका चौलागाँइले आफुलाई क्रमश समाजसेवीको रुपमा पनि स्थापित गर्दैछन् । हाल १७–१८ वटा संस्थामध्ये ७ ओटा सस्थामा त अध्यक्षकै कार्यभार सम्हाल्दै आएका चौलागाँइको भविष्यमा पनि सेवा क्षेत्रमा धेरै गर्ने सोच छन । उनी हाल गन्तब्य यातायात सहकारी सस्थाका लागि अध्यक्ष, गन्तब्य ड्राइभिङ टे«निङका सेवा स्कुलका लागि प्रबन्धक, आर्दश नगर टोल सुधार समितिको संयोजक, चक्रपथ सरसफाइ अभियानका अध्यक्ष, पच्चकन्या मन्दिर नार्गाजुन नपाका अध्यक्ष, खानेपानी टयाङकर व्यवसायी संघका अध्यक्ष, एम्बुलेन्स सेवाका अध्यक्ष लगायत धेरै सघ सस्थाको महत्वपुर्ण जिम्मेवारीमा छन । उहाँसँग बिजनेसपाटी डटकमका लागि देविप्रसाद चौलागाइले यातायात ब्यवसाय र समाजसेवामा आधारित रहेर गरेको कुराकानीको सारसंक्षेप ।
१) धेरै ओटा संस्थाको अध्यक्ष भएर काम गरिरहनु भएको छ । तपाईको यो सफलताको केही पृष्ठभुमी बताइदिनुहोस् न ?
म १७–१८ ठाउँमा सल्लाकार भएको नाताले र ६–७ ठाउँको अध्यक्ष भएका नाताले भन्दाखेरी म संघ सस्थाहरुमा धेरै ठाउँमा रहँे । पहिलो त म गन्तब्य यातायात सहकारी संस्थाद्धारा केही बसहरु सञ्चालन गरिरहेको छु । यो सेवामुखी काम हो । सेवा कसरी दिने उपभोक्तालाई ? आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कसरी सेवा दिने भन्ने क्रममा मैले २०३८ सालबाट यातायात लाइनमा काम गर्दै आएको हूँ । काम गर्दे, सिक्दै जाने क्रममा आम नेपालीलाई कसरी सेवा दिने भन्ने क्रममा सेवा भनेको यातायात लाइनमा रहेछ भन्ने मलाई लाग्यो । हिजो बाबुबाजेले हिजो जे–जस्तो दुख पिडा भोगे, डाँडाकाँडा उकाली र ओराली धेरै हिड्न पथ्र्यो । अव यो मुलुकमा अलिकति यातायातले केही सेवा दिने क्रममा यातायतले मात्र सेवा दिन सक्दो रहेछ भन्ने भएर मैले यातायात व्यवसायी भएर काम सुरु गरेँ । पहिला त म किसानकै छोरा । रामेछाप गुन्सीभदौरेमा जन्मेको हुँ । सुरुमा त यस क्षेत्रमा मजदुर भएँ । मजदुरबाट ब्यवसायीमा २०४७ सालदेखिबाट मैले व्यवसायी भएर काम गर्दै आएँ । ब्यवसायीक काम गर्ने क्रममा सिप सिकौं, आत्मनिर्भर बनौं भनेर मैले केही साथीहरुलाई भन्नका निमित्त मैले केहीलाई सिप सिकाउँदै आएँ । र, आफुले पनि काम गर्दै आएँ । होला भलै केही कमी–कमजोरी मेरा पनि रहे होलान् । २०३८ सालदेखि यातायात लाइनमा काम गर्दै आउने क्रममा अहिले आएर हालको कुरा गर्दा म ७ ठाउँको अध्यक्ष छु । पहिला त मैले अब युवायुवतीहरुलाई कसरी सेवा दिने त भनेर गन्तब्य ड्राइभिङ टे«डिङ स्कुल सञ्चालन गरेको छु । यसबाट आम उपभोक्ताले सेवा पाएका छन । मैले सेवा दिने क्रममा केही मेवा लिएको छु । र, अब यो बाटो, घाटो, पानी पधेँरो, पुल करेसो, मठ मन्दीर, बनाउने क्रममा म सबै ठाउँमा सदैब लागि रहेको छु । किनकी सय कमाउँदा दश रुपैँया हामीले उपभोक्तालाई सेवा हुने कुरामा लागनी गरिदियो र थोरै ‘दानीलाई हानी हुन्न’ भन्ने मन्त्र पनि म दिन चाहन्छु । एउटा दानी बर्गले के सोच्नुपर्छ भने केही कमाउँदा केही ठाउँमा दान गर्दा त्यसलाई कहिले पनि घाटा हुन्न । जिवनमा उसले एउटा न एउटा फल पाउँछ । ‘मरेर लानु के छ’ खरानीको जिवन हो । जिवन भनेकोे खरानी हो । भौतिक शरिर छइन्जेल शरिर हो । त्यो भौतिक शरिर छोडिसकेपछि हाम्रो खरानी हुन्छ शरिर । त्यो खरानी भइसकेको भौतिक शरिर धर्तिमै जान्छ । बाँकी चीज हामीले कमाएका चीजहरु मठ, मन्दीरमा पानी, बाटो–घाटोमा लगानी ग¥यो । केही सेवामुखी काम ग¥यो भने चाँही अवश्य पनि भोली उपरवालाले त्यो खरानी भएको शरिरलाई पनि धर्तिमा माटोमा मिलेको खण्डमा फेरी माटैबाट हामी उत्पादन भएका हौ । त्यही माटोमा बिलाउँदा पछि भविष्यमा केही न केही माटोमा केही रहन्छ अस्तित्व भन्नाका निमित्त मैले सेवा दिने काम गर्दै आएको छु । अझै गर्छु भन्ने सोच साथ अघि बढिरहेको छु ।
२) ब्यवसाय र समाजसेवा गर्ने क्रममा के कस्ता समस्याहरु भोग्नु प¥यो । अनुभव के छन ?
यसमा दुखलाग्दा कुराहरु पनि हुन्छन् । खुशी लाग्दा कुराहरु पनि हुन्छन् । म दुखलाग्दो कुरा के गर्छु भने एउटा सेवा दिने ब्यक्तित्वले सेवा दिन्छु भनेर अघाडी बढ्दा ठगी खाने बर्गले के गर्दो रहेछ त भन्दा त्यो ठगेर खाने बर्गले काम गर्ने बर्गलाई कहिल्यैप पनि माथी जान दिँदैन । यसलाई कसरी हुन्छ खुटटा काटौं र कसरी हुन्छ पृथ्वीमा बजारौ र माथी जान नदिऔ भन्ने कुरा केही ठगी खाने बर्गले गर्दा रहेछन । जस्तै हामीले अहिले यातायात सञ्चालन गरेका छौ । राज्यले भन्छ सिन्डिकेट तोडियो । सिन्डिकेट तोडर चालाउनु पर्छ । सहकारी माध्यम सवारी साधन सञ्चालन गर्नुपर्छ भनेको छ । तर ठगी खाने बर्गले के भन्दो रहेछ भने सधैभरी ठगेर खाउँ । म अरबौ अर्ब कमाउ । यो देश बरु सिद्धिओस् । भनेर लाग्दा रहेछन । होला त्यसमा कोही पार्टीका, कोही नेता, कोही कार्यकर्ता कोही–केही लागेका होलान् । आम नेपालीहरुलाई मैले भन्नुपर्दा एउटा बर्ग सेवा दिने बर्गको मान्छे हो की होइन त । यसले कत्तिको सेवा दिएको छ की छैन त ? यो सेवामुखी मान्छे हो की होइन ? भनेर चिन्ने मान्छे चाँही मलाई लाग्छ यदाकदा खोज्नुपर्ने हुन्छ । आफुलाई पनि खोज्छन् की खोज्दैनन भन्ने लाग्छ । त्यसमा चाँही अलिकति पिडा छ ।
३) गन्तब्य यातायातको धारणा कसरी आयो । यसको सुरुवात कसरी भयो ?
हामीले एक डेढ बर्ष मात्रै भयो यो सञ्चालनमा ल्याएको । यो सञ्चालनमा ल्याउने क्रममा पहिला गन्तब्य यातायात सहकारी संस्था हामीले सञ्चालन ग¥यौ । अरुको जस्तो सहकारी माध्यमबाट घरघरमा गएर सय पचास उठाउने खालको संस्था होइन यो । हामीले सहकारी माध्यमबाट जस्तै सहकारी वा सहकारीता भनेको नेपाली जनताले त्यति धेरै बुझेको जस्तो पनि मलाइ लाग्दैन । हुन त म पनि सहकारी माध्यममा त्यति अनुभवी ब्यक्ति त होइन । वीज्ञ पनि होइन । तरपनि काम गर्दै जाने क्रममा कुरा के चाँही बुझियो भने हामीले केही बचत ग¥यौ । जस्तै तपाइको, मेरो अर्को हाम्रो सबै साथीहरुको केही बचत ग¥यौ । सहकारीमा बचत ग¥यो अनि त्यस बचतको पैसाले अनिवार्य केही सेवा दिउँ भनेर मैले केही साथीहरुको समुह बनाएर यो राष्ट्रिय स्तरको सहकारी खोल्यांै । यसमा बचत गरौं र बचतको पैसाले नितान्त सवारी साधन खरिद गरौं । र, त्यो सवारी साधनले आम पब्लिकलाई हीत हुने काम गरौं । त्यो हीत सवारी साधनमा छ । त्यसमा सेवा दिनका लागि अहिले ७ ओटा सवारी साधन गुडाएका छौ । कार्य समितिका साथीहरुबाट पैसा जुटाएर र भिवोर विकास बैकबाट ऋण लिएर सवारी साधन गुडायौं । तर यहाँ के छ त भन्दा एउटा ठगी खाने बर्गले उता हेर्दा बाटो छेक्छन् यता हेर्दा चालकहरु अलिक राम्रा पनि नपाइने । म एउटा गरिखाने मजदुर बर्गलाई उचाल्छु भनेर लागेको छु । यदी कोही २ लाखवाला वा ३ लाखवाला मजदुरहरु आफै गाडी हाक्ने चालकहरु मसँग आए भने तीनलाई किस्ताबन्दी स्वरुपमा, सस्तो ब्याजदरमा गाडी दिने सोच बनाएका छौ । ती ७ ओटा गाडी दिँदा रोलपालोले एउटा गर्छु भन्ने बर्ग आउँदा तीनलाई किस्ताबन्दी स्वरुपमा दिने भन्ने हाम्रो कार्य समितिको निर्णय रहेको छ ।
४) तपाइको आफनै नीजि संस्था गन्तब्य ड्राइभिङ टेनिङ सेवा के–कसरी स्थापना भयो । यसमा कति लगानी गर्नु भएको छ र कस्तो प्रकरले यसले सेवा दिँदे आएको छ ?
यो संस्थामा मेरो नितान्त ब्यक्तिगत लगानी छ । यो मैले र मेरो छोराले सञ्चालन गरेका छौ । यसमा लगभग मेरो १ करोडको लगानी छ । यहाँ अरु ड्राइभिङ भन्दा अत्यन्त सस्तो रु ८ हजारमै पास गर्ने गरी १५ दिने कोर्स गराउँछौ । लाइसन लिन सक्ने दक्ष बनाएर पठाएका छौ । अब चालक कस्तो बनोस् भन्नका निमित्त मसँग भएका सिप तथा कला सबै दिएर राम्रा,े सभ्य एवं अनुशासित चालक उत्पादन गरेका छौ । त्यो उत्पादन गरेर उनीहरुलाई जस्तै विदेश जाने, यही नेपालमा पनि केही काम गर्छु भन्ने अनुमतीपत्र पाइसकेका चालकहरु चाँही सभ्य र अनुशासित चालक बन्छन् गन्तब्य ड्राइभिङ टेड्रिङ स्कुलबाट भन्ने मलाई लाग्छ । जति गन्तब्यमा आएर सिकेका छन ति बेरोजगार भाइबहिनीहरुलाई स्वरोजगार बनाउन मैले प्रयत्न गरेको हो । डेढ बर्ष भित्र मैले २ सय जना चालक उत्पादन गरेको छु । ती चालकहरुले बोल्छन् गन्तब्यले राम्रो सिप सिकाउँछ भनेर । राम्रो काम गराउँछ भन्ने कुरा उहाँहरुकै भ्वाइसबाट सुन्न सकिनेछ ।
५) तपाई खानेपानी टयाङकर व्यवसायी संघ, एबुलेन्स सेवाको समेत अध्यक्ष हुनुहुन्छ । यी सेवाहरु कुन संस्थाले दिँदै आएको छ ?
यसको अध्यक्ष म भएँ । यसको उपसमितिहरु गठन गर्दै मैले छोड्दै गरेको छु । उपसमिति भनेको जस्तै खानेपानी टयाङकरको पनि उपसमिति छ । मेरो नीजि तवरमा ३ वटा टयाङकर सञ्चालित छन् । अरु साथीहरुका पनि छन । उपसमितिले त्यसको काम कर्तब्य र अधिकार उपयोग गर्छ । नेतृत्व चाँही मैले दिइरहेको छु । सेवा लिनुहोस ह,ै मेवा लिनुस है, पानी खुवाउँदा तपाइहरुलाई घाटा हुदैन । मान्छेलाई विहान उठे देखि बेलुकी नसुतिन्जेल पानीको आवश्यकता पर्छ । त्यो पानी परिपुर्ती गरिदिनुहोला । त्यसबाट धर्म हुन्छ भन्नाका हेतुले पानी टयाङकर सञ्चालन गरेका हौ । एम्बुलेन्स चाँही जो मान्छेलाई बाटो–घाटो अथवा गरिव निमुखा बर्गलाई सेवा दिनका निमित्त केही एम्बुलेन्स सञ्चालन गरेका हौ । यसरी विभिन्न क्षेत्रमा सहकार्यको माध्यमबाट सेवा दिनका निमित्त नै म कृयाशिल भएको हूँ । सबै सस्थाहरुको अध्यक्ष भएर काम गरेको हुँ ।
६) अन्त्यमा, तपाइले यसरी व्यवसाय गरेर प्राप्त गरेका उपलब्धीहरुलाई कसरी मुल्याङकन गर्नुहुन्छ ?
मैले सबै भन्दा ठुलो त जनमास पाएँ । लंकप्रसाद चौलागाइ भनेको जनमासमा गएर रुझ्ने भिज्ने ब्यक्तित्व रहेछ भन्ने कुरो मैले त्यो पाएँ । अर्को मैले सेवा दिएको केही व्यक्तिहरुले रुचाएका पनि छन । मैले मेरो छोराको लागि बाँच्ने गतिलो आधार तयार गरिदिएको छु । मलाई यहाँ लुटनु छैन । अरबौ कमाउनु छैन । जुन धर्तिबाट जन्मेको व्यक्तित्व हो त्यही धर्ति छोडेर जानुपर्छ । मैले पैसा कमाउन चाहेको भए अरबौ पनि हुन्थ्यो होला । सिर्फ मेरो छोरा बाँच्ने आधार मैले बनाएको छु । यहाँ राष्ट गरिव, ब्यक्ति धनि धेरै छन । तर यो राष्ट्रका लागि केही काम गरौं भन्नका लागि म अघि बढेको हुँ । आम जनता नेताले यसैगरी लाग्ने हो भने देश धनि हुन्थ्यो र गरिव हुन्थ्यो होला ।
७) देशमा रोजगारी र अवसर नदेखेर पढेलेखेकै युवतीहरु धेरै विदेश पलाएन भएका छन । धेरैले त्यता दुख समेत पाएका छन । तिनीहरुलाई तपाइ के भन्नु हुन्छ ?
राम्रो प्रश्न गर्नुभयो । मेरै घरमा पनि मेरी छोरी विदेश जानुप¥यो । अष्टे«लिया जाने हो भनेर मेरै छोरी पनि लागेकी छ । स्टाफ नर्स पढेर यहाँ केही गर्न सकिएन, केही भ्यालु रहेनछ भनेर म जानु प¥यो भनेकी छ । दिनको एक चोटी भन्छिन् । त्यसैगरी अन्य युवायुवतीहरुले पनि आफना वावु आमाहरुलाई यसैगरी पिरोलेका होलान् । धेरैले दुख पाएका छन । यो के हो त भन्दा हाम्रो नेपालमा उत्पादन गर्ने चीज केही छैन । सीप सिकेर आत्मनिर्भर गरौ भन्ने पनि केही छैन । किसानको छोरा किसान बन्न पनि सक्दैनन । जम्मै विदेशीने नाटकीय रुपमा । एउटा जस्तै अमेरिकाले राम्रो खेल खेल्दियो कि भन्ने मलाई लाग्छ बन्द गरेर । साँच्चिकै युवाहरुले यो मातृभुमीमा बसेर यहाँ केही गरिदिएनन् । बाहिर विदेशमा चाँही देखाउने दाँत बनेर जम्मै युवायुवतीहरु विदेशीएका छन । सारै पिडा छ मलाई यसमा । म रोक्नको लागि खोजेको छु । मेरै घरबाट मैले राक्न खोज्दैछु । वाहिर विदेशीनु हुदैन मातृभुमीमै केही गनुपर्छ भन्दैछु । आम नेपाली युवायुवतीहरुले चाँही गर्न सक्ने हुँदा चाँही यही मुलुकमा बसेर केही गर्नुपर्छ ।
प्रस्तुतीः देबीप्रसाद चौलागाँइ
प्रकासित मिति ः २०७३–११–२६
फेसबुकबाट तपाईको प्रतिक्रिया