पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह जन्मिए : डा. केसी

जुम्ला, १७ असार

अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन शुरु गरेको छु । मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत लिएर उनीहरूमाथि नै बेइमानी गरिएको छ । एकातिर सरकारी स्वास्थ्य संस्थाहरू धराशयी बनाइँदै छ, अर्कोतिर जथाभावी निजी मेडिकल कलेज र स्वास्थ्य संस्थालाई प्रोत्साहित गरिँदै छ । पहिला एउटा राजा थिए, अहिले धेरै बादशाह जन्मिए । तर, मेरो भनाइ छ, ‘यो लोकतन्त्र हो, कम्तीमा बोल्न र अनशन बस्न देऊ ।’ जुम्ला पुगेर पनि अनशन बस्न नपाएका डा गोविन्द केसीको भनाइलाई नयाँ पत्रिकाले छापेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया