पहिले प्रचण्ड अनि भारतीय राष्ट्रपति
काठमाडौं–४ भदौ
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पकका भएको छ । सरकारका विशैष दूत विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्तापछि राष्ट्रपतिको भ्रमण टुँगो लगाइएको हो ।
निधि र स्वराजले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरेपछि मुखर्जी नेपाल आउने सहमति गरेका हुन् ।
दुवै भ्रमण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउनेमा पनि दुई देश सहमत भएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया