पहिलोपटक बैतडी जिल्ला अस्पतालमा ९ चिकित्सकले सेवा दिन थाले

बैतडी २ साउन २०७९ पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सकले सेवा दिन थालेका छन्।दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनीहरू छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ। 

अस्पताल स्थापना भएको वि.सं २०३३ देखि पहिलोपटक दुई विशेषज्ञसहित नौ चिकित्सकले अस्पतालमा सेवा दिन थालेका हुन्।जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए। अस्पतालमा अहिले एक एमडिजिपी चिकित्सक छन् भने अस्पताल प्रमुख डा दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन्। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया