पाँच अर्बको तरलता प्रशोचन गरिँदै

बिजनेसपाटी २२ अशोज
बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि आज आइतबारदेखि नेपाल राष्ट्र बैंकले बोलकबोलमा ५ अर्ब तरलता प्रशोचन गर्ने भएको छ । बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ब्याजदर बोलकबोलबाट निर्धारण गर्दै बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाउन लागिएको हो । कात्तिक २१ गते निक्षेपको साँवा र ब्याज भुक्तानी हुने जनाइएको छ ।

अहिले बजारमा एक खर्ब हारहारी तरलता रहेको छ । खासगरी बैँकिङ प्रणालीमा तरलता अभाव भयो भने नेपाल राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया