पाकिस्तानमा बिद्रोहीको विषण आक्रमण, ५१ जनाको मृत्यु
क्वेटा, पाकिस्तान,
कात्तिक ९ (एजेन्सी)
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्रमा बिद्रोहीको आक्रमणमा परी ५१ जनाको मृत्यु भएको छ।
हातहतियारसहित आएका आक्रमणकारी प्रहरी तालिम केन्द्र प्रवेश गरि गरेको आक्रमणमा परी ११६ जना घाइते भएको बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीले बताए।
आक्रमणमा परि तालिम लिँदै गरेका कम्तिमा प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेको संख्या अझै बढ्नसक्ने आशंका छ।
आक्रमणमा संलग्न तीन बिद्रोही पनि मारिएका छन्। चार घण्टासम्म बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
आक्रमणकारी मध्ये दुई जनाले आफैलाई विस्फोट गराएको र एक जनाको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको हो। आक्रमणकारी लश्कर–ए–झांगबीका रहेको र उनीहरु अफगानिस्तानबाट आएको सरकारी अधिकारीले बताएका छन् ।
तालिम केन्द्रमा झण्डै दुई सय ५० जना जवान तथा कर्मचारी थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया