पाकिस्तानसग तनाव बढेपछि बारा-पर्साको दशगजा क्षेत्रमा सुरक्षा कडा

लक्ष्मी पाण्डे,

बारा १ कार्तिक

पाकिस्तानसग तनाव बढेपछि भारतीय पक्षले नेपाल भारत सीमा बारा र पर्साको दशगजा क्षेत्र तथा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । खुला सीमाको फाइदा उठाउदै आपराधिक समूहको घुसपैठ हुनसक्ने आशङ्का मा भारतीय सुरक्षाकर्मीले सीमा नाकामा कडाइ गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारेको हो । बाराको आदापुर, घोडादाना, घोडासहाय यस्तै पर्साको सीमा रक्सौल, भिस्वा, परसौनी, भेलाई, सिर्सिया, रक्सौला, जानकीटोल, इनर्वा, ठोरी, भिस्वाठोरीमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाएको छ । पैदल यात्रीमाथि पनि निगरानी बढाएको छ ।

बाराको मुख्य सीमा नाका मटिहर्वा संगै टाँसिएको भारतको आदापुर नाकामा सुरक्षा व्यवस्था पारिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट मटिहर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बरालले बताए । बाराको दशजगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बिरामी बोकेको तथा जन्ती बोकेका गाडी बाहेकका सम्पूर्ण गाडी आवतजावतमा रोक लगाएको छ भने पैदल यात्रीलाई समेत निगरानीमा राखेको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए । भारतीय सुरक्षा निकायले सीमा नाकामा उच्च सतर्कता अपनाएपनि यसले नेपाल भारतको सम्बन्धमा कुनै असर नपर्ने सुरक्षा निकायको दाबी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया