पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ ८ फागुन २०८१ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएर रिट निवेदन दायर भएको थियो । यस सम्बन्धी दुई वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया