पानि धरै परेपछि हाई अलर्टमा नारायणी नदि , यस्तो छ अवस्था
अविरल बर्षाले नारायणी नदीमा पानीको सतह खतरा भन्दा माथि गएको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नारायणीको कहाँ कहाँ हाई अलर्ट ?
मौसम पुर्वअनुमान महाशाखाका अनुसार चितवनको माडीमा पर्ने छरछरे, कल्याणपुर र बनकट्टामा रिउखोलामा पानीको सतह खतरा भन्दा माथि पुगेको हो ।
बंगालको खाडी र अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देश भर वर्षा भई रहेको छ । खास गरी पुर्व र पश्चिमका केहि ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार शुक्रबार दिनभरी नै मौसम बदली भै पानि पर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया