पार्क संरक्षणमा जनता बैंकको सहयोग

बिजनेसपाटी १३ बैशाख ।
जनता बैंकको सहयोगमा काठमाडौ महानगरपालिका वडा नं. ३२, महादेवस्थानमा रहेको मदन भण्डारी स्मृति बाटिकाको संरक्षण गरिने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ एबं उपत्यका बिकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करिब ४ रोपनी जग्गामा निर्माण गरिएको उक्त बाटिका प्रधानमन्त्री के.पी. शर्मा ओलीले बैशाख ११ गते उद्घाटन गरेका थिए ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने यस बैंकको नीति अनुरुप उक्त वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको बैकले जनाएको छ । उक्त सहयोग पहिलो चरणमा आगामी एक बर्षसम्मको लागि हुने गरि यस बैंक र वाटिका संरक्षण समिति बिच संझौता गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया