पाल्पाको जल्पामा अजिङ्गर फेला
पाल्पा ५ कार्तिक
पाल्पा जिल्लाको जल्पा गाविसमा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।
जल्पामा फेला परेको सो अजिङ्गर करिब सात÷आठ फिट लामो रहेको स्थानीय बासिन्दाको भनाइ छ । जल्पा गाविसको पल्लो भञ्ज्याङ भन्ने स्थानमा बिहिबार सो अजिङ्गर फेला परेको हो । स्थानीयवासी र प्रहरीको सहायतामा अजिङ्गरलाई जङ्गलतर्फ भगाइएको छ ।
एक्कासि अजिङ्गर देखा परेपछि त्रसित स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तनहुँका प्रमुख अम्लेशकुमार लोधले अजिङ्गरलाई जङ्गलतर्फ भगाइएकाले स्थानीयवासीलाई धेरै त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।
यस क्षेत्रमा पहिलोपटक अजिङ्गर देखा परेपछि यहाँका स्थानीयवासी अचम्मित र त्रसित भएका छन् । स्थानीय बासिन्दा सीमादेवी नेपालीले प्रहरी र स्थानीयवासीको सहयोगमा भगाइए पनि अजिङ्गर गाउँदेखि माथिको जङ्गलमा गएर मिहालको रूखमा बेरिएर बसेको बताए । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया