पुँजीबजारका समस्या समाधान गरिने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_281,h_179/https://businesspati.com/wp-content/uploads/2017/01/pujibajar.jpg)
काठमाडौँ २४ पौष
व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले पुँजी बजारका समस्या समाधान गर्न अर्थ समिति सकारात्मक रहेको बताएका छन्। नेपाल सेयर ब्रोकर एसोसिएसनको २२ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पुँजी बजारसँग सम्बन्धित विषय लगानी, प्रवद्र्धन र सुरक्षणमा व्यवसायीलाई सघाइने बताए। उनले सरकार सरोकार भएका निकाय र पुँजी बजारसँग सम्बन्धित सबैलाई राखेर छलफल गरी समस्याको समाधान गर्न समिति तत्पर छ भने। एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको सभापतित्वमा भएको उद्घाटन सत्रमा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा पुण्यप्रसाद रेग्मी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलगायतले बजारको स्थायित्व र आर्थिक विकास सबैको चासोको विषय भएकाले सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया