पुँजी पुर्याउँदै ‘कृषि विकास बैंक’

काठमाडौँ १९ पौष ।

कृषि विकास बैंक लिमिटेडले चुक्तापुँजी पुर्याउने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेसंगै आठ चुक्तापुँजी पुर्याउने भएको हो । सोमबार बसेको बैंकको सञ्चालक समितिको ६७३ औं बैठकले सो प्रस्ताव अघि सारेको हो ।

हाल कृषि विकास बैंक बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ७६ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

कृषि विकास बैंकमा रहेको सरकारको अग्राधिकार पूँजी ५ अर्ब ४३ करोड २७ लाख रूपैयाँको ६ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश समेत सरकारलाई प्रदान गर्ने निर्णय बैंक संचालक समितिले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया