‘पुँजी वृद्धिपछि बैकहरुबीच बिजनेस तानातान हुनसक्छ’
तुलसीराम गौतम, सिइयो, माछापुच्छे्र बैक लिमिटेड
१) माछापुच्छे्र बैकको पछिल्लो वित्तिय अवस्था कस्तो रहेको छ ?
पछिल्लो असार मसान्त मिडियामा आइसकेको छ । अडिट हुन चाँही अझै एक महिना लाग्छ होला । फाइनल त्यतिखेरै हुने हो । अन अडिटेडको हिसावले हेर्दा हामीले लगभग ७९ करोड २० लाख जति खुद नाफा कमाएका छौ । त्यो असार मसान्तसम्मको रिपोर्ट भयो । बाँकी विजनेसको कुरा गर्दा डिपोजिट हाम्रो ५२ अर्ब, लोन ४६ अर्ब ३० करोड जति पुगेको छ । त्यो बाहेक ग्राहक हाम्रो ४ लाख भन्दा बढी पुगेका छन । ब्राँन्च ५६ ओटा, एउटा एक्चेन्च काउन्टर छ । त्यो बाहेक यो बर्ष ८–९ ओटा ब्रान्च खोल्ने हाम्रो याजना रहेको छ ।
२) जनता बैंकसँगको मर्जर तोडिएपछि राष्ट्र बैकले भने बमोजिमको पँुजी पु¥याउने कुरामा बैकंको तयारी कस्तो रहेको छ ?
हाम्रो आजको रेटमा ३ अर्ब ८६ करोडको चुक्क्ता पुँजी रहेको छ । गत बर्षको बोनस शेयर बाँडिसकेपछी त्यो जोडेर त्यति भएको हो । हालैकोे एजिएमले पास गरेको ३ अर्ब ८६ करोडमा २ः१ को अनुपातमा अर्थात ५० प्रतिशत राईट शेयर दिने निर्णय पनि पास भइसकेको छ । त्यो धितोपत्रबोर्डमा प्रोसेसमा छ । एक दुइ हप्ता भित्र हामी मार्केटमा आउँछौ । त्यो १ अर्ब ९३ करोडको राईट शेयर हो । त्यो जोड्दाखेरी हाम्रो चुक्ता पुँजी ५ अर्ब ७९ करोड हुन आउँछ । त्यसपछी चालु आर्थिक बर्षको नाफा जोड्न पाइन्छ । चालु आर्थिक बर्षको नाफा ठयाक्कै कति हुन्छ त थाहा छैन । तरपनि एउटा आँकलन हो, त्यो जोड्दाखेरी राष्ट्र बैकले तोके बमोजिमको पुँजी पुग्न मोटामोटी हाम्रो ५०–७५ करोड पुँजी नपुग हुने देखिन्छ । त्यसको लागि हाम्रो २–३ महिनापछीको आउँदो एजीएममा गएर कि राईट शेयर हाल्ने कि एउटा विकास बैक वा फाइनान्स कम्पनी मर्ज गराउने गरेर पुँजी पु¥याउने योजना छन । यसरी ०७४ असार मसान्त भन्दा अघाडी नै हाम्रो चुक्क्ता पुँजी ८ अर्ब आरामले पुग्छ ।
३) राष्ट्र बैकले भनेको ८ अर्ब पुँजी सबै कर्मशियल बैकहरुले पु¥याउलान त ?
समय त धेरै छैन । लगभग ११ महिना हो । कतिपय बैकको अवस्था मिडियामा आए अनुसार राम्रो देखिदैन । दुइ अर्ब मात्रै पँुजी भएका पनि छन । त्यसकारण गाह्रै छ कतिपयलाई । तर असम्भव भन्ने चाँही छैन । २–४ वटै बैकहरु मिले भने पँुजी पु¥याउन सक्छन । यसरी असम्भव छैन । कतिपयलाई गाह्रो भने अवश्य छ । त्यो भनेको वाणिज्य बैकलाई मात्र होइन । कतिपय ‘ख’ क्लासका विकास बैकहरु पनि छन । उनीहरुको पँुजी पु¥याउने राम्रो तयारी देखिदैन । मिडियामा नआएर भनेको हुँ ।
४) पुजी बृद्धिको त कतिपय बैकरहरुले सुरुवातमा आलोचना नै गरेका हुन । तर तपाइलाई के लाग्छ, यसका फाइदा–वेफाइदा के छन ?
फाइदा–बेफाइदा भन्दा पनि यसमा अब कति पुँजी हुँदा ठीक हुने वा वेठिक हुने भन्ने म्याथमेटिक्स चाँही छैन । तर बैक राम्रो हुनुमा पुँजी पनि एउटा ठुलो कारक हो । म्याथमेटिक्स चाँही यति अर्ब, यति करोड, यति डलर हुँदाखेरी चाँही ठयाक्कै पुँजी भयो । बैक लड्दैन, विग्रदैन भन्ने चाँही नो म्याथमेटिक्स, अन्र्तराष्ट्रिय स्तरमै छैन । त्यस्तो हुँदो हो त अमेरिका तिर ठुलठुला बैकहरु, जस्तो हाम्रा सबै बैकहरु मिलाएर दशले गुणान गरेर पुग्ने पँुजी बराबरका त्यस्ता बैकहरु पनि डुबेका उदाहरण छन । त्यसले गर्दा पुँजी मात्रै त होइन । अर्को कुरा हाम्रो राष्ट्र बैककै बासल, अन्र्तराष्ट्रिय प्राक्टीस अनुसार यति पुँजी भयो भने यति विजनेस गर्न पाउँछौ भन्ने छ । अरु जस्तो फ्रि छैन बैकिङ क्षेत्रमा ।
जस्तो होटल खोल्न सानो पैसाले खोलेर लोन लिएर बढाउन पनि सकिन्छ । तर बैकिङ क्षेत्रमा के छ भन्दा पँुजी र डिपोजिट मात्रै लिएर हुदैन । यति पुँजी त यति विजेशन भनेर रोकेकै छ पहिले देखि नै । जस्तो १० करोड पँुजी छ भने एक अर्ब मात्रै लोन दिन मिल्छ मोटामोटी । १० गुणा भनौ न । जस्तो हामी अब ८ अर्ब पुँजी पु¥याउदाँ भोली ८० अर्ब मोटामोटी लोन नदिइकन हामीले फेरी रिर्टन दिन सक्दैनौ । भनेपछी जोखिमको हिसावले हेर्दा हामी जहाँको त्यही हुन्छौ फेरी । जोखिम बढ्यो नी ? जस्तो अहिले २ अर्ब पँुजी हुँदा मोटामोटी १८–२० अर्बको लोन दिएका थियौं । त्यसको लागि जोखिम धान्न २ अर्ब चुक्क्ता पँुजी थियो ।
अब ८ अर्ब पँुजी पुग्यो, रिर्टन त चाहियो । सरकारले हाल्ने होइन जनताले हाल्ने हो । रिर्टन चाइयो नै । त्यही हिसावले २–४ बर्षपछि १० गुणाकै हिसावले मोटामोटी लोन बढीसकेको हुन्छ । यसरी रिक्सको फयाक्ट्रले हेर्दा त जहाँको त्यहँी भएन र ? ८ अर्ब पुँजी भयो, ८० अर्ब लोन भयो । अहिले २ अर्ब पँुजी छ, २० अर्ब त लोन दिएका छौ । त्यहाँ भन्दा बढी गर्न पनि पाइदैन । भनेपछी त्यो तत्वलाई हेर्दाखेरी केही पनि फरक प¥यो जस्तो लाग्दैन । अब सबै बैकले ८ अर्ब पु¥याए भने लेडिङ क्षमता, एउटा गु्रपलाई है । एउटा फयाक्ट्री, गु्रप, परिवार वा व्यक्तिलाई लोन दिने काम चाँही अवश्य बढ्छ । त्यो भनेको अहिले हाम्रो बैकले एउटैलाई १ अर्ब २० करोड लोन दिन सक्छ भने ८ अर्ब हुँदा २ अर्ब भन्दा बढी दिन सक्छ त्यही हो । त्यो क्षमता बैकको बढ्छ । अर्को नकारात्मक भनेको मर्जरमा गए भने त के होला ।
तर सबैले पँुजी हाल्न थाले भने त के होला ? विजनेस पनि राम्रै गर्नुपर्ला नी त ? विजनेसको हिसावले बढ्यो त ? उद्योग त्यसरी खुले ? जस्तो २०–३० ओटा बैकले झवाम्मै ६–६ अर्बले पँुजी बढाए । त्यसलाई सरभाइभ हुन त्यही अनुसार विजनेस बढ्यो कि बढेन ? हाम्रो इन्ट्रान्स रेट बढ्यो त ? त्यसको लागि हाम्रा उद्योगहरु खुले त्यसरी ? खुलेका छैनन् नी त । भनेपछी बैकहरुबीच फेरी आपसमा विजनेसका लागि तानातान हुने भयो । तानातान कसरी हुन्छ भन्दा रेट घटाएर हुन्छ । अर्को कर्जाको दर बढाएर हुन्छ तानातान । त्यस्तो अवस्था आयो भने बैकहरुलाई गाह्रो पनि पर्न सक्छ ।
५) तपाइले माछापुच्छ्रे बैकलाई टप ५ बैक बनाउने भन्दै आउनु भएको छ । बैकले केही बर्षयता राम्रै प्रगती पनि गरेको देखिन्छ । तपाइले भने बमोजिम टप बनाउन आगामी कार्यक्रम र योजना के छन ?
टप ५ भनेर हामीले भनेका थियौ । त्यतिखेर म यस बैकमा सुरुमा आउँदाखेरी अर्थात ४ बर्ष अघाडी बैक २८ नम्बरमा देखिन्थ्यो । कुनै एउटा आर्थिक पत्रिकाले माछापुच्छे्र बैकलाई बाणिज्य बैकहरु मध्ये पुछारमा राखेको थियो । बिचमा सबै कामहरु गर्दै आउँदा ८–१० नम्बरमा आइसकेको थियौ । जतिखेर हामीले टप ५ को कुरा गरेका थियौ । त्यतिखेर ८ अर्बको पुँजीको कुरा आएको थिएन । मर्जरको कुरा थिएन । पुँजी ५ अर्ब पु¥याउनु पर्ला भन्ने हाम्रो आन्तरिक सोचाइ थियो । तर ८ अर्बको र मर्जरको बाध्यात्मक अवस्था आएपछि बीचमा २–३ ओटा बैकहरुले मर्ज गरे । ‘क’ र ‘क’ वर्ग नै मर्जर गरे । ‘क’ र ‘ख’ वर्ग पनि गरे । ‘ग’ र ‘ख’ वर्ग पनि गरे । त्यसरी उनीहरु अकस्मात ठुला भए पँुजीका हिसावले । तर नेचुरल ग्रोथको हिसावले हामीले बैकलाई ८ नम्बर बनाएका थियौ । अरुले त्यसरी मर्ज गरिसकेपछी, दुइ ओटा इन्टीटी मर्ज भइसकेपछी उनीहरु अघाडी आए । ४–५ ओटा जस्ता बैकहरु त्यसरी हामी भन्दा ठुला भए । हाम्रो अवस्था चाँही ५ मा पुग्ने खालको तत्काल अब छैन, मर्जरले गर्दा । अव हामी पनि ठुला बैकसँग मर्जर गरेका थियौं भने अटोमेटिक हामी ठुलो भइहाल्थ्यौ । त्यो चाँही हामीले काम गर्न नसकेको र अरुले बढी गरेको होइन मर्जरका कारण हामी पछी परेका हौ । तर सोचे अनुसार हाम्रो विजनेसको ग्रोथ भएको छ ।
६) आगमी केही कार्यक्रम योजना छन की ?
सानो खालको लोन अर्थात २–३ प्रतिशतको विपन्न बर्ग कर्जा प्रवाह गर्नका लागि जुन मौद्रिक नीतिमा आयो । सर्कुलर पनि जारी भैसकेको छ । हाम्रै बैकले त्यो क्षेत्रमा लोन प्रवाह गर्दा १ अर्ब भन्दा बढी लोन गर्नु पर्ने अवस्था आएको छ । हामीले दिन थालिसक्यौ सानो स्केलमा । त्यसलाई चाँही अझै बढाएर त्यसमा पर्ने ब्यापारी, किसान, साना किसान, खुद्रा व्यपारी तिनलाई पनि समेटने गरी प्रोडक्टहरु हामी ल्याउँछौ ।
७) विधार्थीहरुलाई सर्टिफिकेटको आधारमा लोन दिन राष्ट्र बैकले बैकहरुलाई भनेको छ नी ?
बजेटमा त्यो आएको छ । मौद्रिक नीतिमा आएन भनेर त्यो मैले मिडियामा पनि पढेको हुँ । मौद्रिक नीतिमा नआएको कुरा कुनै बैकले पनि चासो देखाएका छैनन । कसरी दिने भन्ने मलाई पनि थाहा छैन । खाली सर्टिफिकेट छ, सर्टिफिकेटकै आधारमा लोन दिने भन्ने कुरा त्यति वैज्ञानीक होला जस्तो मलाई लाग्दैन ।
८) भुकम्प पछाडी घर अर्पाटमेन्ट कर्जामा कमी आएको हो ?
अहिले बढेको छ । बीचमा आउन छोडेका थिए अहिले आउन थालेका छन । यसो हेर्दा पनि घरहरु फाट्ट फुटेट बनिरहेका छन् ।
९) गत आर्थिक बर्षमा बैकको नाफा १ अर्ब पुग्न सकेन नी ? त्रैमासिकको रिर्पोट हेर्दा त राम्रै थियो ?
भेट्न सकिन्थ्यो । तर दुइ ओटा कारणले गर्दा हामी पछि प¥यौ । एउटा चाँही २० करोड हाराहारीको लगभग पैसा आइसकेको, डुबेको लोन उठाउँदाखेरी जग्गा बेचेर आउनु पर्ने लोनको पैसा । त्यो एक बर्ष अघि देखि नै स्टे अर्डरले रोकिएको छ । त्यो स्टे अर्डर खुलेको भए त्यो पैसा आँउथ्यो । त्यसले गर्दा अटोमेडिक नाफा बढ्थ्यो । अर्को विचमा के भयो भन्दाखेरी झण्डै–झण्डै मर्जर गर्ने भनेर ६–७ महिना जती त्यता तिर लाग्यौ । धेरै समय त्यसमा पनि लाग्यो । त्यसले गर्दाखेरी अलिकति विजनेस त्यसले पनि खस्केको हो । नभए हामी अर्बको हाराहारीमा नाफा गर्न सक्षम हुन्थ्यौ । एउटा पैसा उठेको भए हाम्रो नाफा १ अर्ब पुग्थ्यो ।
१०) अत्न्यमा के भन्नुहुन्छ ?
तपाइको यस लोकप्रिय विजनेसपाटी अनलाइनलाई आफनो कुरा राख्ने मौका दिनु भएकोमा धेरै धेरै धन्यबाद ।
प्रस्तुती रिसव गौतम
प्रकाशित मिति २०७३-५-२० गते
फेसबुकबाट तपाईको प्रतिक्रिया