पूर्णिमा पक्कै आउँछ (कविता )

 

                   -आन्ना ढुंगेल नीता

औंसीको रात कति निष्पट्ट छ

पूर्णिमाको जुनको पर्खाइसँगै

दिनहरु बितेको पत्तै हुन छाड्यो

बेला बेला मन अशान्त हुन्छ

तर पनि म साहस बटुलेर भन्छु

आशातीत भएर भन्छु

भोलिको दिन पर्खनैपर्छ

यस्ता हर निष्पट्टतामा

आत्तिएका यात्रीलाई

संघर्ष जीवनभरको हो

संघर्षमा सफलताको आशा बोकेर

खाँडीको ४५ डिग्री रापमा पिल्सिरहँदा

पसिनाको आहालबाट

गरिवको पसिनाले भिजेको कमाइ

जसलाइ,

न नेपाली झण्डाल चिन्यो

न त डण्डाले स्वीकार्यो

निरर्थक पिल्सिरह्यो

ती भोलिको पूर्णिमाको जुन देख्न

चाहनेहरु

पूर्णिमाको पर्खाइसँग

मन अशान्त हुन थाल्यो

मिरमिरे उज्यालोमा पनि

खोइ किन हो किन ?

मन डराइरहेछ

कतै पूर्णिमाको जुनमा पनि

ब्याँसो, गिद्ध र हुचिलहरु

वरिपरि झुम्मिने त होइनन् ?

अब कसरी भनूँ,

पूर्णिमाले उज्यालो ल्याउला भनेर ?

कसरी ढुक्क हुनु

स्याल अनि गिद्धहरुले

लुछ्ने र घिसार्ने छैनन् भनेर

ए ! भोलिको पर्खाइमा बसेकाहरु हो

हरेश नखाउ अझै

पूर्णिमा पक्कै आउँछ

उज्यालो पक्कै छाउँछ

आशातीत भएर बाँच

औंसीपछि पूर्णिमा पक्कै आउँछ ।।

२०७३ श्रावण २५ गते सोमबार

फेसबुकबाट तपाईको प्रतिक्रिया