पूर्वगृहमन्त्री माधव घिमिरे त्रिशुलीमा अझै बेपत्ता, आमा र ३ जनाको शव भेटियो

चितवन ९ असोज ।
आइतबार साँझ पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको हो । घिमिरे चढेको जीप त्रिशुली नदीमा खस्दा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। पूर्वगृहमन्त्री घिमिरे सहित तीन जना अझै बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए। मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको कार आइतबार साँझ घोप्टेभिर भन्ने स्थानबाट ५ बजेतिर सडकबाट त्रिशुली नदीमा खसेको हो ।
दुरघटनास्थल नजिक एकजना असइको शव फेला परेको जानकारीमा आएको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार दुर्घटनास्थलबाट एक महिलासहित चारजनाको उद्धार गरिएको छ । तर, घिमिरेको अवस्था भने अज्ञात छ । घिमिरे चढेको कार पुरै पानीमा डुबेको र खोजी कार्य तिब्र रहेको एसपी कुँवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया