पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी

काठमाडौं १४ असोज  ।

६ दिनअघि  घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ ।

साता लामो खोजीपछि पनि नभेटिएपछि परिवारले उनको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्तिम संस्कार सुुरु गरेका छन् ।

सो दुर्घटनामा निधन भएकी घिमिरेकी आमा चैतन्यकुमारीको शवसँगै छोराहरुको पनि दाहसंकार गरिएको हो । चैतन्यकुमारीको शवमा नाती तथा घिमिरेका छोराले दागबत्ती दिए ।

हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा गरिएको अन्तिम संस्कारमा गृहमन्त्री बिमलेन्द्र निधी, मुख्यसचिव सोमलाल सुवेदी लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया