पूर्वमन्त्री माधव घिमिरेका भाइको शव भेटियो
चितवन २२ अशोज
चितवनको घोप्टभीरमा दुई हप्ताअघि जीप दुर्घटना भई बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइमोहन घिमिरेको शव भेटिएको छ । चितवनका जिल्ला प्रहरी कार्यालय डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहु जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो । पूर्वमन्त्री घिमिरे र उनका एक भाई अझै बेपत्ता छन् ।
उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए । असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाइ बेपत्ता भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया