पूर्वराजकुमारी प्रेरणालाई के भयो? : ज्ञानेन्द्र पुगे नर्भिकमा

काठमाडौं २७ चैत्र

पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको खबर आजको कान्तिपुरमा छ ।

३९ बर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको स्रोतले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह प्रेरणालाई भेट्न शनिबार बिहान र बेलुका अस्पताल पुगेका थिए ।

प्रेरणाको अवस्थाबारे अस्पतालले आधिकारीक रुपमा केही बताएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया