पूर्वराजाले सार्वजनिक सम्बोधन गर्ने

काठमाडौं ३ कार्तिक

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले विहीबारदेखि काठमाडौंको बनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रले सम्मेलन उद्घाटन र सार्वजनिक रुपमा सम्बोधनसमेत गर्ने भएका छन् ।
राजासहित हिन्दू राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम गरेपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मलेन र महाधिवेशन गर्नेछ । समितिकी सचिव अस्मिता भण्डारीले सम्मेलन हिन्दू धर्मावलम्बीको भीड देखाउनेमात्र नभई सैद्धान्तिक लडाईइका लागि विशेष प्रस्ताव पास गर्नका लागि पनि भएको बताइन्, उनले भनिन् ‘महासंघ यो अन्तर्राष्ट्रियस्तरको विराट सम्मेलन राजासहितको हिन्दु अधिराज्य बनाउने अभीष्टले पनि अयोजना गरिएको हो ।’
सम्मेलनमा थाइल्यान्ड मौरिसस, अमेरिका, मलेसिया, भारट, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढदर्जन देशका प्रतिनीधि सहभागी हुने भण्डारीले बताइन् ।
भारतबाट लोकसभाका सांसद एवं महासंघको भारत एकाइका प्रमुख आदित्यनाथ, उत्तराखण्डका शंराचार्य वासेदेवानन्द सरस्वती, इस्लामाबादका शंकराचार्य, राष्ट्रिय स्वयंसेवक संघको भ्रातृ संगठननका अध्यक्ष रघुनन्द शर्मा, शिव सेनाका प्रतिनीधि मास्तर थापा, ओमकार परिवारका वैदिक, शिख, जैन, बुद्धिष्ट आदि सम्प्रदायनका धर्मगुरुलगायतको उपस्थितीस् हुनेछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया