पूर्वराजा ज्ञानेन्द्रको यस्तो छ नयाँ चिन्ता

काठमाडौं  २७ पौष

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको बताएका छन् ।

पुस २७ गते मनाउन लागिएको पृथ्वी जयन्तीको उपलक्ष्यमा मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।’

मुलुकलाई कसैको क्रिडास्थल बन्न दिन नहुने बताउँदै शाहले भनेका छन् , नेपाली जनताको इच्छा नै राजइच्छा हुने परम्परा रही आएको यो मुलुकमा हामी तत्कालीन परिस्थिति समेतलाई दृष्टिगत गरी बाहिरिएका हौं तर जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया