पूर्वराजा ज्ञानेन्द्रले बुझाएका दस्ताबेज गायब !

काठमाडौं २ कात्तिक ।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् ।

आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोेटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले बताएका आजको अन्नपूर्णमा समाचार छ ।

ती दस्तावेन केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्ड छैन् ।

तत्कालीन संविधानसभाले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेलगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्तावेज राष्ट्रिय सम्पत्तिका रुपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

तर, ती दस्तावेज तथा फाइलहरु कुन अवस्थामा रहेको छ कसैलाई स्पस्टरुपमा थाहा छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया