पूर्वराष्ट्रपति यादव क्यान्सर मुक्त

काठमाडौं २४ आश्विन

पूर्वराष्ट्रपति डा रामवरण यादव क्यान्सर मुक्त भएका छन  । अमेरिकामा उपचाररत डा यादव क्यान्सरबाट खतरामुक्त भएपनि चिकित्सकको निगरानीमा रहनु भएको बताईएको छ । गत सोमबार डा मनि मेनन नेतृत्वको ४ सदस्यीय टोलीले उहाँको प्रोटेस्टको सफल शल्यक्रिया गरेको हो । रोवर्टिक सर्जरी प्रविधिबाट गरिएको शल्यक्रिया सफल भएको चिकित्सकलाई उदृत गर्दै यादवको पारिवारिक श्रोतले जनाएको छ । कार्तिक पहिलो साता पूर्वराष्ट्रपति यादव स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया