पूर्वाञ्चल महोत्सवमा तीन करोड बराबरको कारोबार

काठमाडौँ २२ फागुन

झापा – झापाको सदरमुकाम भद्रपुरमा आयोजना गरिएको पूर्वाञ्चल क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा तीन करोड बराबरको कारोबार भएको छ ।नेपाल उद्योग वाणिज्य सङ्घ झापाको आयोजनामा दश दिनसम्म सञ्चालन भएको महोत्सवमा करिब तीन करोड बराबरको कारोबार भएको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कज शर्माले जानकारी दिए । झापासहित इलाम, मोरङ, पोखरा, धादिङ तथा भारतका विभिन्न स्थानबाट दैनिक चार सयभन्दा बढीले महोत्सव अवलोकन गरेको उनले बताए ।

महोत्सव उत्साहजनक नभए पनि निराशाजनक पनि नरहेको झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कालीचरण बस्नेतले बताए । महोत्सवले नेपालको पुरानो नगरी भद्रपुरको आर्थिक समृद्धि र विकासमा सहयोग पु¥याएको स्थानीयवासी आदित्य पौडेलले बताए । फागुन १२ गतेदेखि सुरु भएको महोत्सव २१ गते सम्पन्न भएको छ ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया