पेपे भन्छन्,‘रोनाल्डोका लागि युरोकप जित्यौ’

काठमाडौँ २७ असार

एजेन्सी-पोर्चुगलका भेट्रान डिफेन्डर तथा फाइनल खेलका ‘म्यानअफ दी म्याच’ पेपेले युरोकप फुटबलको उपाधि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोका लागि जितेको बताएका छन्।

उनले भने,‘युरोकप फुटबलको उपाधि रोनाल्डोका लागि जित्यौं।’

गएराति पेरिसस्थित राष्ट्रिय रंगशालामा भएको आयोजक राष्ट्र फ्रान्ससँगको उपाधि भिडन्तमा खेलको २५ औं मिनेटमा घाइते हुँदै रोनाल्डो मैदानबाट बाहिरिउका थिए। घाइते भएर मैदानबाट बाहिरिँदै रोनाल्डो मैदानमै रोएका थिए।

‘दुर्भाग्य नै भन्नुपर्छ, हामीलाई निकै गाह्रो भयो। किनकी हामीले हाम्रो मूख्य खेलाडी रोनाल्डोलाई सुरुमै गुमायौं। रोनाल्डोले जतिबेला पनि गोल गर्न सक्छन् भन्ने सबैलाई आश थियो,’पेपेले भनेका छन्।

‘जब रोनाल्डो खेल्न नसक्ने भएर मैदानबाट बाहिरिएपछि मैले मैदानभित्र साथीहरुलाई भनेको थिए। रोनाल्डोका लागि भएपनि हामीले जित्नु पर्छ भनेर,’पेपेले भने।

‘प्रशिक्षकले पनि राम्रोसँग टिमसेट गरे। खेलाडी परिवर्तन पनि चित समयमा भयो। जसले हामीलाई उपाधि जित्न सहयोग गर्यो,’पेपे भन्छन्।

पेपेले आफूहले युरोकपको उपाधि जितेर पोर्चुगलको फुटबल इतिहासमा नाम लेखाएको बताए।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका इडरले खेलको १०९ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाएका हुन्।

पोर्चुगलले फुटबल सवैभन्दा ठूलो उपाधि जितेको यो पहिलो पटक हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया