पैसासँगै चोरले श्रीमती भगाएपछि…

काठमाडौं–१५ जेष्ठ

गत चैत ७ मा ज्ञानश्वेरमा एक ट्राभल एण्ड मनी ट्रान्सफरबाट ४ लाख ४६ हजार चोरी भयो । महानगरीय प्रहरी वृत्त कमलपोखरीले घटनाको अनुसन्धान सुरु गर्यो । सिसिटिभी फुटेजका आधारमा सहजै चोरको पहिचान भयो, तर चोर फेला परेनन् ।

घटनाको दुई सातापछि मनी ट्राभल्सका संचालक अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगे । यसपटक उनले छोरासहित श्रीमती वेपत्ता भएको सुनाए । चोरीको घटनाले तनावमा रहेका मनि ट्रान्सफरका संचालक छोरी र श्रीमती बेपत्ता भएपछि थप तनावमा थिए ।

प्रहरीले त्यसको लागि उजुरी दर्ता गर्यो र अनुसन्धान अगाडि बढायो । दिनहरु बित्दै गए न चोर फेला परे न छोरी र श्रीमती नै पत्ता लागे ।

तर जेठ २ मा मनी ट्रान्सफरका संचालकले छोरीलाई गौशालामा देखे । पशुपति मन्दिर दर्शन गर्न जादाँ छोरी जुस किनिरहेकी थिईन ।

हत्तपत्त छोरीलाई सोधे, तिमीहरु कहाँ थियौ, मम्मी खोइ ? छोरीले ममी र आफू नजिकै घरमा केही अंकलहरुसँग बस्दै आएकी बताइन् । छोरीलाई अघि लगाएर उनी घरभित्र पसे । श्रीमती त्यहीँ थिईन । उनी झन चकित भए,
जतिवेला उनको कार्यालय चोरी गर्नेहरु पनि त्यही थिए ।

तत्कालै प्रहरीलाई बोलाएर चोर र श्रीमतीलाई पक्राउ गराए । चोरीमा संलग्न तिनैजना राजकुमार केसी, ज्वाला केसी र दीपेन्द्र शाही थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया