पोलियो खोप फाल्गुन र हात्तिपाईले औषधि चैतमा खुवाइने (जिल्लाको नामसहित)

काठमाडौं १० फागुन

स्वास्थ्य मन्त्रालयले पोलियो खोप फागून र हात्तिपाईले औषधि चैतमा खुवाइने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागमा ८ गते बसेको बैठकले सो निर्णय गरेको हो । सो निर्णय अनुसार फागुन २१ र २२ गते पोलियो र चैत ५, ६ र ७ गते हात्तिपाइले बिरुद्धको औषधि खुवाइने कार्यक्रम तय भएको छ । पोलियो थोपा १५ र हात्तिपाइले बिरुद्धको आौषधि ३० जिल्लामा खुवाइनेछ ।

पोलियो थोपा खुवाइने १५ जिल्ला

सुन्सरी, सप्तरी, सिरहा, धनुषा, झापा, मोरङ, महोत्तरी, बारा, पर्सा, कपिलवस्तु, बाँके बर्दीया, कैलाली, काठमाडौँ, ललितपुर र भक्तपुर

हात्तिपाइलेको औषधि खुवाइने ३० जिल्ला

१. पाँचथर    २. इलाम             ३. झापा            ४. मोरङ      ५. सुनसरी
६. धनकुटा    ७. भोजपुर          ८. तेह्रथुम          ९. उदयपुर
१०. ललितपुर    ११. लमजुङ     १२. पर्वत           १३. म्याग्दी
१४. बाग्लुङ    १५. कपिलवस्तु    १६. दाङ           १७. बाँके
१८. बर्दिया    १९. सुर्खेत            २०. दैलेख         २१. जाजरकोट
२२. कैलाली    २३. कञ्चनपुर      २४. डडेलधुरा     २५. डोटी
२६. अछाम    २७. बाजुरा           २८. बझाङ          २९. बैतडी    ३०. दार्चुला

by sswasthyakhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया