प्रकृति संरक्षण अभियान सुरु ,१० घर एक पोखरी

काठमाडौँ ९ चैत्र

अर्घाखाँची-पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ। गाउँगाउँमा रहेका पोखरी संरक्षणको अभावमा मासिँदै गइरहेका बेला युवाको सक्रियतामा अभियानको सुरु गरिएको हो।  पोखरी मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणका लागि अभियान सुरु गरिएको अभियानकर्मी युवा व्यवसायी कृष्णप्रसाद भुसालले बताए।

विद्यालय, सडक, प्रतीक्षालयजस्ता संरचना निर्माण गर्दा पोखरी मासिँदै गएको र यसका कारण मानव जीवनमा नै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान सुरु गरिएको अर्का अभियानकर्मी हरिप्रसाद भुसालको भनाइ छ।  अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरी ५०० पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक साताको अवधिमा करिब एक दर्जन पोखरी निर्माण गरिसकेको छ। अभियानलाई देशभर सञ्चालन गर्नुपर्नेमा अभियानकर्ताहरुले बताएका छन्।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया