प्रचण्डको चुनावी कमाण्डर देवी ज्ञावली हुन् भने माधव नेपालको को हुन् ?

सगीता सुबेदी

बिजनेसपाटी २९ कार्तिक ।
स्थानिय तह अन्तर्गत बहुचर्चित बनेको भरतपुर महानगरपालिकाको चुनावमा प्रचण्डपुत्री रेणु दहालसँग कडा प्रतिस्पर्धाबीच हार बेर्होरेका देबी ज्ञावलीले आफनो हारमा ठुलो षडयन्त्र भएको बताउँदै आएका थिए । मतगणनाका बखत माओवादी कार्यकर्ताले नै मतपत्र च्यातेपछि ज्ञावलीले त्यसरी आरोप लगाउनु अस्वभाविक पनि थिएन । आफनो हारमा भयंकर षडयन्त्र देखेका ज्ञावलीले स्थानीय तह चुनाव अवधिभर र त्यसपछिको करिव एक महिनाभर माओवादी अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाका मेयर रेणु विरुद्ध कडा प्रतिक्रिया समेत दिँदै हिँडे । तर दशै सक्किए लगत्तै जव नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल तथा बाम पार्टी एकता समेत गर्ने गरी सम्झौता भयो, त्यसपछी भने बाटो मोडिएको छ । एमाले अध्यक्ष केपी ओलीले नै शत्रु झै गालीगौलजमा उत्रिएका देबी ज्ञावली र माओवादी अध्यक्ष प्रचण्डलाई आफनै घरमा निम्त्याएर मिलापत्र गराएका छन् । ओलीले त्यसरी गराएको मिलापत्रसँगै देबी ज्ञावली भरतपुरमा प्रचण्डको चुनावी कमाण्डर बनेपछी भरतपुरको चुनावी माहोल नै यतिवेला रोच बनेको छ । ज्ञावली यतिवेला प्रचण्ड जिताउन अहोरात्र लागि परेका छन् जो कतिपय कार्यकर्तालाई अझै मन परेको छैन ।
यता काठमाण्डौमा भने माओवादीका पोलिटब्युरो सदस्य प्रकाश गौतम आदित्य पुर्वप्रधानमन्त्री माधब नेपाललाई जिताउन कम्मर कसेर लागेका छन् । युद्धकालमा माओवादीको काठमाण्डौ जिल्ला संयोजक समेत रहेर काम गरिसकेका गौतम अहिले माधब नेपालको निर्वाचन क्षेत्र काठमाण्डौ क्षेत्र नं २ मा संयुक्त निर्वाचन परिचालन कमिटिको संयोजक छन् । यही कमिटिमा एमालेको तर्फबाट नेतृ सरिता न्यौपाने समेत संयोजक रहेकी छन ।
गौतम देबी ज्ञावलीझै सिधासाधा एवं हठी स्वभावका युवा नेता हुन् । उनी छोटो अवधिमै माधब नेपालसँग घुलमिल भइ आत्मीयता बढाउन सफल छन् । भन्छन् ‘माधव कमरेडले कम्तिमा १० हजार मतान्तरले जित्नुहुनेछ’ । बाम गठबन्धनले दुइ तिहाइ बहुमत ल्याउन आवश्यक रहेको गौतमले बताए । युद्धकालमा काठमाण्डौको दह«ो कमाण्ड सम्हालेर चर्चामा रहेका गौतम पार्टीले दिएको जिम्वेवारी सम्हाल्न आफु सदैब तयार रहेको बताउँछन् । उनी भन्छन् माधब नेपाल राष्टिय ब्यक्तित्व हो । उहाँले जित्न पर्छ । उहाँ निस्कलंक एवं देश र जनता प्रति बफादार हुनुहुन्छ । उहाँको जित सुनिश्चत छ’ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया