“प्रचण्डले भारत र चीनमा दूत पठाएर ठिक गरेनन्”-वैद्य

बुटवल ९ भदौ

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले बर्तमान सरकारले दुई उपप्रधानमन्त्रीलाई विशेष दूतका रुपमा भारत र चीन पठाउँनु गलत भएको बताएका छन् ।   मुलुकका लागि यसले राम्रो सङ्केत नगर्ने उनको भनाइ छ  ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बुटवल पुगेका वैद्यले पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताए ।
सो भेटघाटमा असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उनले उल्लेख गरे ।
आफ्नो  पार्टीले नवजनवादी क्रान्तिको तयारी गरिरहेको भन्दै जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित र २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने उनले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया