प्रचण्डले राष्ट्रघात गरेको नयाँ शक्ति नेपालको निस्कर्ष

काठमाडौं १४ असोज ।

नयाँ शक्ति नेपालले शुक्रबार भद्रकालीमा धर्ना दिएको छ ।

राष्ट्रघात र प्रतिगमनको खतरा बढेको भन्दै दिइएको धर्नामा भट्टराई सहितका नेताहरु थियो ।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको नयाँ शक्ति नेपालले विरोध गरेको छ ।

नयाँ शक्तिले ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको बताएको छ । उसले भनेको छ, ‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको छ ।’नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया