प्रचण्ड बिरुद्ध अस्ट्रेलियामा उजुरी,भ्रमण रद्दको कारण उजुरी नै हुन सक्ने
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अष्ट्रेलिया भ्रमण मंगलवार अन्तिम समयमा आएर रद्द भयको थियो।भ्रमण किन रोकियो भन्ने चर्चा चलिरहेको बेला अष्ट्रेलियामा दाहाल विरुद्ध उजुरी परेर रोकिएको बुझिएको छ । अष्ट्रेलियाबाट सञ्चालनरत माई नेपाल टेलिभिजनका अनुसार नेपाली मूलका अष्ट्रेलियन नागरिकले उजुरी दिएका छन्।देशमा १० वर्षे विद्रोह गरेका दाहालको भ्रमणले हिंसालाई बढावा दिने भन्दै रोक्न माग गर्दै न्यू साउथ वेल्स प्रिमियरसमक्ष एक नेपाली(अष्ट्रेलियन)नागरिकले उजुरी गरेको खुलासा भएको छ ।उनले दाहालकै नेतृत्वमा नेपालमा सशस्त्र संघर्ष भएको,उनका कारण १५ हजार नेपालीको ज्यान गएको, दाहाल विरुद्ध नेपालमा अहिले पनि ३७ वटा उजुरी रहेको, डेढलाख भन्दा बढी परिवार विस्थापित हुनुपरेको भन्दै उनको भ्रमण रोक्न माग गरेका थिए ।
उजुरीमा दाहाल नेतृत्वको तत्कालिन नेकपा माओवादीलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको पनि उल्लेख गरिएको थियो । न्यू साउथ वेल्स प्रिमियरको कार्यालयले उजुरीलाई प्राथमिकतामा राखेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । सो उजुरीको विषयमा डेपुटी प्रिमियर एवम् मन्त्री (न्याय र प्रहरी) ट्रोय ग्रान्टलाई पनि खबर गरिएको थियो । प्रवेशाज्ञाको विषय केन्द्रीय सरकारको मातहत पर्ने भएकाले केन्द्रीय सरकारलाई पनि पत्राचार गरिएको जनाइएको थियो । उजुरी र भ्रमणका विषयमा नेपालबाट पनि पत्राचार भएको र नेपाललाई अस्ट्रेलिया स्थित न्यू साउथ वेल्स राज्यकोअफिसबाट जवाफ आएको एक पत्र पनि सार्वजनिक भएको छ।पत्र पाठाउने व्यक्तिको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया