प्रचण्ड र बाबुरामबीच भेटवार्ता

बिजनेसपाटी १६ पौष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रचण्ड र भट्टरार्इबीच ललिलपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटमा आर्थिक विकास र सुशासनका विषमा कुराकानी केन्द्रित भएको  बताइएको छ ।

नयाँ सरकार गठनकाे पूर्वसन्ध्यामा दाहाल र भट्टरार्इबीच भएकाे याे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नयाँ सरकारमा बाबुराम पनि सामेल हुने चर्चालाई आजको भेटघाटले थप मलजल गरेको छ। भेटमा नयाँ शक्तिकी नेतृ हिसिला यमि पनि सहभागी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया