प्रचण्ड सरकारलाई केहि प्रश्न ! ( पाठकपत्र )

भरत घिमिरे ” निर्दोष “

              २०५२ साल देखि जनयुद्ध सुरु गरेका बाबुराम र  प्रचण्डले के गरे त देश र जनताको लागि ?  के नेपाली जनताहरु खुसी छन माओवादीसंग ? किन र केका लागि गरे त बाबुराम र  प्रचण्डले जनयुद्ध ?  के १७ हजार निर्दोष नेपाली जनता मार्नका लागि  ? के गणतन्त्रका   लागि मात्र थियो त जनयुद्ध ? के राजतन्त्र निर्मुल पार्नका लागि मात्र थियो त जनयुद्ध ? खै कहाँ गए ती कुराहरू जब जनयुद्ध चलाइरहेका थिए ? कता लुकाईयो ती जनयुद्धका सपना हरु ? किन पञ्चायती ब्यब्स्था अङाल्न खोज्दै छन त अहिले जनताहरु? किन राजतन्त्र खोज्दै छन जनताहरु ? कतिपयलाई गणतन्त्र चाहिएको पनि थियो र भित्रीयो पनि तर किन पछुताईरहेका छन तिनै गणतन्त्र प्रेमीहरु ?
बाबुराम र प्रचण्डले १० बर्षको मर्माहित जनयुद्धमा प्रण गरेका कुराहरु न त कुनै पूरा गरे न त गर्ने नै छन । देशमा झन् झन् गरिबी बढिरहेको छ, के गरिबी बढाउनका निमित्त गणतन्त्र ल्याएका हुन त ? अन्यायमा परेकाहरुले एक दसक भन्दा बढी कुरिसके तर न्यायको टुंगो अझैसम्म लागेको छैन, गरे त गरे सिर्फ “गणतन्त्र” स्थापना गरे यो नै हो एउटा सफल कार्य, जुन सफलताले गर्दा सम्पुर्ण नेपाली जनताले दु:ख झेल्दै आउन परेको छ । तर जनतालाई सास्ती कहिले पनि हराएन, र अर्को कुरा स्थापना गर्न सफल भए त्यो हो “पार्टी”  माओवादी  तर भ्रष्टाचार बाहेक अरु केही हुन सकेन ।

जनतालाई आँसु बाहेक अरु केही दिन सकेनन्, २०६३ साल आषाढ २ गते जब प्रचण्ड सबैका सामु आए के जनतालाई आज दु:खको घेरामा पार्न मात्र आएका थिए ? के यिनका सपनाहरु जनतालाई दु:ख दिनु र देशलाई झन डुबाउनु मै समर्पित रह्यो त ? के सोचेका थिए नेपाली जनताहरुले र आज के हुँदैछ ? र के हुँदैछ ती निर्दोष सहिदका सपना जो जनयुद्ध बिद्रोहमा होमिएका थिए?

               प्रचण्ड ले २०२८ सालमा तत्कालीन कम्युनिस्ट पार्टीको पुश्पलाल समूहबाट राजनीति जीवन सुरु गरेका थिए । यसै गरि उनी २०३१ सालमा उनकै नेतृत्वमा मार्क्सवादी अध्ययन समुहको गठन गरे, २०३४ सालमा चौथो महाधिवेशन प्रवेश पश्चात् उनले २०३५ सालमा सदस्य प्राप्त गरे , २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक संघ को केन्द्रिय समितिमा महासचिव को रुपमा समेत देखा परे, र २०३८ देखि २०६३ साल सम्म (२५ बर्ष ) भुमिगत रहेरै राजनीति गरे।

२०४६ सालमा नेकपा मोटो मसालका महामन्त्री रहेका प्रचण्डले क्रान्तीको थालनी सुरुवात गर्ने निर्णय गरेका थिए। २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री रहेका प्रचण्ड २०५१ को बैठक पछि नेकपा माओवादी को महामन्त्री बने र सोही बेलामा पार्टीको नाम जन्माईयो ” नेकपा माओवादी “

              क्रान्ति ल्याउछौ भनेर जङ्गल पसेका यिनिहरुले क्रान्तिका नाममा पार्टी मात्र ल्याए जुन पार्टीलाई अहिले माओवादी भनिन्छ।
पालै पालो सत्तामा बसेर भ्रस्टाचारका बाटो मात्र खोल्ने काम गरे। बितेका कुरा सारा जगतलाई थाहा नै छ के कस्ता दु:ख जनताले भोग्नु परेको थियो ।

                   अब अलिकती चर्चा गरौँ अर्का योद्धा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको । भट्टराई पनि २०३२, ०३३ साल देखिनै चर्चामा आएका थिए तर भित्री रुपमा र २०४६ ,०४७ सालमा देखा पर्दै आएका थिए, तर भुमिगत नै रहे । भुमिगतलाई निरन्तरता दिईरहे, अब लागौं बाबुरामका नीति तर्फ । देशलाई उकालो लगाउछु र जनतालाई स्वतन्त्रता अनि गरिबी अन्य बाट मुक्त गराउछु भनेर जनयुद्ध सुरु गर्नु भन्दा अगाडि जङ्गल पसेका बाबुरामले कतिवटा माग पूरा गरे त ? तत्कालीन सरकार सेर ब. देउवासंग राखेको ४० सुत्रिय माग कहाँ बिलाए आज ? बाबुराम सत्तामा हुँदा कतिवटा माग पूरा गरेत ? र गरेनन् त किन र के कारण ले गर्न सकेनन् ? सम्पुर्ण देशबासीले साथ दिएर हेरेकै थिए । गरिबी बेरोजगारी हटाउने दृढ लिएका बाबुरामले, सन: १९५० को सन्धी खारेज ,अन्त्य गर्छौं भन्ने बाबुरामले आफू सत्तामा रहदा पनि केही लछारपाटो लगाएनन । हरेक नेपाली जनतालाई बाबुरामको एउटै जवाफ मात्र आईरह्यो ” हामिले अझै गर्न बाकी नै छ अझैसम्म पनि राजतन्त्र सकिएको छैन ” आज सम्म के गरेउ र अब के गर्न बाकी छ बाबुराम जि ??
यिनलाई स्वयं पश्चताप भइरहेको छ ,गणतन्त्र माथी र राजतन्त्र माथी अझै डर छ । किन भारतकै चर्चा गर्छन् यिनिहरु ? किन भारतको इसारामा चल्न चाहान्छन र चलिरहेका छन ? के भारतले चलाउने हो हाम्रो गोर्खालीले भरिएको देश नेपाललाई ? कतै बेचिदै त छैन हाम्रो देश नेपाल ? जनताले प्रचण्ड र बाबुरामलाई हैन अब ४० सुत्रिय मागलाई ध्यानाकर्षण गर्नुपर्ने आबस्यक छ । गणतन्त्र प्रेमीहरुले आजको दिनमा यो आवाज उठाउन जरुरी छ । अब पनि हातमा हात बाधेर बस्यौं भने जनताले यो भन्दा बढी दु:ख झेल्न बाध्य हुन्छन् ।

                   अब लागौं एकैछिन बर्तमानतर्फ । २०६३ साल पछि पनि गणतान्त्रिक देश नेपालमा धेरै उथल पुथल मच्चिए र मच्च्याईए, दुन्द्ध र युद्ध पनि धेरै भए २०६३ देखि ०७३ यो १० बर्ष को बिचमा धेरै नेपाली जनताले ज्यान गुमाउनु पार्‍यो र गुमाउँदै छन् । सायद यिनले ल्याएको गणतन्त्रमा यस्तै हुन पर्थ्यो होला। यिनी हरुलाई त मार्ने बानी परिसकेको छ । तसर्थ निर्दोष जनताको ज्यान प्रति कुनै चासो नरहेको बुझिन्छ । यिनिलाई के थाहा जनताको पिडा र मर्म ? यिनिहरु त भुमिगत भई निर्दोष जनतालाई मृत्युको मुखमा दिनप्रतिदिन धकेली रहेका थिए । तिनै निर्दोष सहिदको आँसुले यिनिहरुलाई नपोल्ला भन्न सकिन्न ।
र आजको बर्तमान अवस्थालाई हेर्दा फेरि पनि प्रचण्ड सत्तामा पुगेका छन्, जनताको सिरमा बसेका छन् । र नयाँ नयाँ नीति निम्त्याउदै छन् , भ्रष्टाचारको अर्को नयाँ बाटोको स्थापना नहोला भन्न सकिन्न । यो त आगामी दिनमा जनता सामु देखा पर्ने नै छ । केही महिना अघि भएको दुन्द्धमा सहिद भएका जनताको नाममा तत्कालीन सरकार नेकपा ” एमाले ” सत्तामा रहदा सरकारको तर्फबाट राज्यले गर्ने  राहत गरिसकेको थियो जुन कुरा गृहमन्त्रालयबाट प्रष्ट भईसकेको थियो भने अब फेरि राज्यको ढुकुटी रित्याउनका निमित्त कुन खेल सुरु गरिरहेका छन त ? मधेस आन्दोलनमा मारिएका सहिदको नाममा अबको सरकारले सहिदको नाम जोडेर राज्यको ढुकुटी सङ्ग खेलबाड गर्नु कतिको जायज हो?  भारतिय नागरिक लाई सहिद बनाउन खोज्नु यो कुन नीति हो ? यो कुरा हनुमाने हरुलाई पच्न गारो हुन्छ तर यथार्थ त बाहिर आईनैहाल्छ। जनतालाई पनि जाग्न जरुरी छ अब।

                  बिगतका कुरालाई दोहोर्‍याउन चाहान्न किनकी सम्पूर्ण जनतालाई थाहा भएको कुरा हो । अन्तमा के भन्न चाहान्छु भने, देशमा परिबर्तन ल्याउनु छ भने देशको काचुली फेर्नु छ भने, जनतालाई आसै आसमा लोभ्याएर ल्याइएको गणतन्त्र मात्र हेरेर नबसौं । मनन गरौँ यी १० बर्षमा के के पायौं हामिले???
अब सम्पुर्ण युवा बर्ग लाई, सम्पूर्ण जनतालाई जाग्न जरुरी छ। यदि अगाडि बढ्यौं भने जनता र देशको हित सम्भावना छ र सफलता पनि हासिल हुनेछ । र  “” भ्रष्टाचार निर्मुल पारौं “” अभियानमा जुट्न जरुरी छ। तसर्थ के भन्न चाहन्छु भने ” देशका सम्पूर्ण जनता एक हौँ

“जय देश जय नेपाल जय नेपाली जनता”

निजगढ न.पा. ६ ,सडकटोल, बारा – नेपाल
हाल- कुबेत

फेसबुकबाट तपाईको प्रतिक्रिया