प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

काठमाडौं ११ असोज ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

मोर्चाको सोमबार बसेको बैडकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको आजको अन्नपूर्णमा समाचार छ ।

बैठकमा तमलोपाका अधयष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरेप लगएका थिए ।

बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया