प्रचण्ड सरकारविरुद्ध विप्लव माओवादीको प्रदर्शन

काठमाडौँ २१ माघ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारविरुद्ध आज राजधानीमा प्रदर्शन गरेको छ । आफ्नो पार्टीको गतिविधि रोक्न र महाधिवेशन भाँड्न सरकार लागेको भन्दै प्रदर्शन गरेको हो  । नेकपा माओवादीको शान्तिवाटिकाबाट शुरु भएको र्याली बसन्तपुर पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा नेकपा माओवादीका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । आज विहान पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया