प्रतिनिधि सभाको आजको बैठकमा आम सञ्चार विधेयक प्रस्तुत हुँदै

काठमाडौं १३ फागुन । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको आम सञ्चार विधेयक प्रस्तुत हुँदैछ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्ने कार्यसूचि छ ।
यस्तै आजको बैठकमा प्रतिनिधि सभामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया