प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज आउँदै
काठमाडौँ १७ फागुन
प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने भएको छ। यो खबर आजको नागरिकमा छापिएको छ । रिजर्भ बैंक अफ इन्डियाको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई भेटेर प्रतिबन्धित भारूको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया