प्रतिसेयर आम्दानी अब्बल भएका केही कम्पनीहरु

काठमाडौं, १२ फगुन २०८१ । बैजसो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणमा उल्लेख हुने प्रतिसेयर बढी आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ ।

लगानीकर्ताको एक कित्ता सेयरवापत कम्पनीले गरेको आम्दानी नै प्रतिसेयर आम्दानी हो । कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी निस्किन्छ ।

कम्पनी नाफामा रहेको अवस्थामा प्रतिसेयर आम्दानी जति धेरै, त्यति नै बढी प्रतिफल पाउने सम्भावना रहन्छ ।

त्यस्तै अहिलेसम्म प्रतिसेयर आम्दानीका आधारमा अब्बल १० कम्पनीमा ७ सेक्टरका एउटा पनि पर्न सकेका छैनन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, अन्य, व्यापार, जीवन बीमा सेक्टरका एउटा पनि पर्न सकेको छैन ।

ईपीएसका आधारमा टप १० कम्पनीमा माइक्रोफाइनान्स सेक्टरका सबैभन्दा धेरै ४ वटा पर्न सफल भएका छन् । त्यस्तै दुई हाइड्रोपावर कम्पनी, एक लगानी, दुई उत्पादन र एक निर्जीवन बीमा कम्पनी छन् । हाल बजारमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी युनिलिभर नेपाल हो । मूल्यका आधारमा पनि यो सबैभन्दा महँगो कम्पनी मानिन्छ ।

प्रतिसेयर आम्दानीका आधारमा अब्बल १० कम्पनी 

कम्पनीवार्षिक प्रतिसेयर आम्दानीबजार मूल्य
युनिलिभर नेपाल२,१८१.९८४६,५००
राष्ट्रिय बीमा कम्पनी२६०.०४१५,१३२
महिला लघुवित्त६७.३७२,४३९
नेपाल ल्युब आयल६०.२९२५१.८०
सीईडीबी होल्डिङ्स४०.५१२,३८५
माउन्टेन इनर्जी३९.३५६०१
ग्लोबल आईएमई लघुवित्त३८.२४१,३८०
ग्रामीण विकास लघुवित्त३७.६३९१४
साहस ऊर्जा३७.५६५०४.८०
युनिक नेपाल लघुवित्त३६.९०२,६६१

स्रोत : सार्वजनिक अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरण

फेसबुकबाट तपाईको प्रतिक्रिया