प्रत्येक गाउँमा अब डाक्टर पुग्ने

काठमाडौं १७ जेठ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अगाडि सारेको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्दे आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमा गराउनदेखि लिएर मृगौला प्रतयारोपण नगरुन्जेलसम्मका लािग नि शुल्क डायलासिस सेवा प्रदान गर्नेसम्मको घोषणा गरेका छन् ।

यसैगरी सरकाले गरिबीको रेखामुनि रहेका नागरिकलाई त्यस क्षेत्रका सरकारी अस्पताल क्यान्सर, मुटु, मृगौला र कलेजो रोगको उपचार नि शुल्क गर्ने भएको छ । त्यसका लागि सरकारले एक अर्ब रुपियाँ विनियोजन गरेको छ । रोग लागिसकेपछि अत्यन्यै जटिल र उपचारमा लाखौं खर्च हुने मुटु मृगौला लगायतका रोगको निशुल्क उपचार पाउने भएपछि निम्न वर्गका बिरामीहरु लाभान्वित हुने भएका छन् ।

एक गाउँ एक डाक्टर कार्यक्रमका लागि सोही गाउँका प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस अध्ययन गराउने र अध्ययनपश्चात पाँच वर्षसम्म आफ्नै गाउामा स्वास्थ्य सेवा गर्ने व्यवस्था मिलाइएको छ । अाजको गोरखापत्र दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया