राजिनामा दिएका प्रधानमन्त्रीले संसदमा के के भने ? बुँदागत रुपमा पढ्नुस

काठमाडौँ ९ श्रावण

प्रधानमन्त्री केपी  ओलीले  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरेका छन्। शीतल निवास स्रोतका अनुसार संसदमा सम्बोधन अघि नै उनले राजीनामा पेश गरेका हुन्   । सो पश्चात व्यबस्थापिका संसदमा माओबादी केन्द्रले दर्ता गराएको अविश्वास प्रस्तावमाथि उठेका  प्रश्नको जवाफ  उनले दिएका  हुन्  ।

 प्रधानमन्त्रीले के के भने ?  पढ्नुस

कपडा काट्नु अघि नप्नुपर्छ पछि पछुताउन नपरोस, समय परिवेश नमिलेको बताउदै ,कपडा काट्नुभन्दा अघि १० चोटि नाप्नु पर्छ। ताकी गलत कैँची चलाइसकेपछि पछुतो नहोस्

मनमोहन अधिकारी बजेट पेश गर्न नदिएको राजनीतिक चक्रब्युह, हेलिकप्टर दुर्घटनामा ५ हजारबाट खसेर घाइते प्रम लाई संसदमा कुरा राख्ने मौका दिएन, त्यो सरकारको गल्ति थियोबुढाबुढीको मुहारमा मुस्कान ल्यायो, सुकुम्बासीलाई छाप्रो दिने अभियाँलिया अघि बढायो

अहिलेको अभिमन्यु त्यति कलिलो छैन सरकारको बाटो ९ महिनामै छेकेर के संदेश दिन खोजिएको छ ?

संविधानको कार्यान्वनका लागि १४ बुंदे सम्झौता एमाले र माओबादीको सहकार्यको आधार थियो धेरै महत्वपूर्ण मन्त्रालय माओबादी लाई हस्तान्तरण गरिएका थियौ. के यो ९ महिनाका लागि थिए ? लोकतान्त्रिक मोर्चासंग ८ बुंदे सहमतिमा सरकार परिबर्तनको कुरा थियो ?

देशलाई नियन्त्रण गर्ने नाममा आन्दोलन, आगो बलेको, धुलो उडेको देशमा मैले ती समस्या समाधान गर्ने जिम्मेवारी लिएको थिए जब देश सामान्य अबस्थामा आयो त्यति नै बेला समस्या बल्झाउने खेल भयो बजेटपछि सरकार फेर्छ भन्ने नियोजित हल्ला चलाए आपूर्ति व्यस्था र शान्ति सुरक्षा भएन भन्ने कुरा आयो, त्यो त माओबादीकै भागमा थियो, कि पार्टीले कि मैले कदम चल्ने भनेकै हु।

म माथिको अविश्वास कुनै कामको कारणले होइन रहेछ चित्त काटिएको, कमलो मन दुखेको, चित्त नबुझेको आदि कारणहरुले रहेछ। मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतमा भनेझै धेरै पटक सिउने कोशिस गरेँ।’

सहयात्रा इमान्दारिताले चल्छ, सरकारमा बसेर त्यसकै जरा काट्ने काम नगरौ उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थियौ, सरकारलाई निगरानी र निर्देशन दिने काम हो, तर खै ? त्यो खोज्ने दायित्व त अविश्वास प्रस्ताबका संयोजक थियो, कुन बैठकबाट कहिले सुझाब दिनु भयो ? छापामार शैलीमा झ्याप्पै अविश्वासको प्रस्ताब आयो दुनियालाई बेकुप बनाउन सक्ने जमाना छैन, हेक्का राख्न जरुरि छ ठूला दलहरुले मिलेर बस्ने हुदैन भन्ने सिद्धान्त छ

एक माघले जाडो जादैन यति ठूलो निर्णय लिदा उच्चस्तरीय बैठक बसियो ? हामीलाई काम परेसम्म प्रयोग गरियो, अनि फ्याकियो सदस्यलाई थाहै नदिई दुनो सोझ्याउने, आरोप अर्काको टाउकोमा ?

१४ बुंदे अनुसार सरकार गएको छ कि छैन ? छलफल गरौ दैनिक त्यत्र बैठक छलफल चिया खानलाई मात्र हो ? अरु खेल जस्तै राजनीतिमा पनि नियम मर्यादा होला नि, त्यसको पालना गरेन भने राजनीति राजनीति रहन्छ, नैतिकताबिनाको राजनीति ।

बागमती आफै प्रदुषित हुदैन, बागमती मान्छेले नै प्रदुषित गर्छ । संसदीय अभ्यास फोहोरी होइन तर फोहोरी बनाएपछि फोहोर हुन्छ । मलाइ आश्चर्य लाग्छ, सबैले बुझेका छन् गर्न खोजेका के भन्ने । नजर एकातिर निशाना अर्को तिर भयो ।

सरकारले कहानेर गल्ति गर्यो र अविश्वासको प्रस्ताब आवश्यक भयो ? सोध्न चाहन्छु

एउटा कामका लागि आउनुहुन्छ । मेरा विरुद्ध भोट दिन पर्यो भने साथीहरु टुप्लुक्क आउनुहुन्छ । जसका विरुद्ध भोट दिन भए पनि आउनुस् न तपाईंहरु ।समस्या समाधानका लागि संविधानका दुई वटा धारामा संशोधन गरेका छौं ।नेपालको शीरलाई माथि उठाउने वास्तविक अभ्यास सुरु भएको छ ।

मलाई ठुलो अचम्म लाग्यो । शान्ति प्रक्रियाका बारेमा म र मेरो पार्टीलाई प्रश्न उठाउने काम भएको छ । पापधर्मको ख्याल नभएपछि जे भने पनि भयो । सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउनेहरुमध्ये एकथरी बन्दुकबाट शासन र अर्कोथरी टाउकाको मुल्य तोकेर ठेगान लाउँछु पनि भन्नुभएकै हो ।

कुनै बेला विदेशी सिनेमा र विदेशी नम्बर प्लेटका गाडिहरुलाई ढुङ्गामुढा र आगजानी गर्नेहरु अहिले चीनसँग पारवहन र व्यापार सम्झौता गर्दा तपाईंहरुलाई (प्रचण्ड) किन पाच्य भएन र विरोध गर्नुहुन्छ ?

दुई लाख ६५ हजार पीडितसँग सम्झौता भएका छन् । अहिले लाखौं घर निर्माणको क्रममा छन् ।

सरकारले कहाँनेर गल्ती गर्यो ? संविधान कार्यान्वयनमा सरकार असफल भनेर लगाइएको आरोपको कुनै आधार छ ?

केही समय अगाडी उपलब्धि भन्ने अहिले सरकार छाड्ना साथ कसरी अनावश्यक भयो ?छिमेकी संगको सम्बन्ध मित्रताको हो शशक र शाहीत बीचको होइन।

आर्थिक परनिर्भरतामा सधै भरि कायम राख्ने चाहना हो ? एकपक्षीय निर्भरताले पटक पटक नाकाबन्दी भोग्न बाध्य पार्यो, बर्तमान सरकार यसलाई अन्त्य गर्न संकल्पित गर्न लागि पर्यौ, त्यसकारण मित्र राष्ट्र चीन संग सम्झौता गर्यौ. अब एउटा देश परिबेषित होइन भू जडित अबस्थामा पुग्यो, मलाइ लाग्थ्यो मित्रहरुले खुसी ब्यक्त गर्छ भनें तर होइन रहेछ यसको समेत बिरोध हुन् थालो ।

तर्कको पनि के अर्थ छ र ? तैँले पानी नधमिल्याएको भए तेरा बाउले पोहोर परार धमिल्याएको भन्नेलाई । आफ्ना समस्या आफैं समाधान गर्न सक्छौं भन्नु सामन्ति राष्ट्रवाद हुन्छ ? तर्कको पनि के अर्थ छ र ? तैँले पानी नधमिल्याएको भए तेरा बाउले पोहोर परार धमिल्याएको भन्नेलाई ।पाप धर्मको ख्याल नभए पछि सिद्दिएन ?

मैले नेपाललाई सिंगापुर बनाउछु, स्वीजरल्याण्ड बनाउछु भनेको होइन समृद्द बनाउछु भनेको हु  । त्यो सम्भव छ  । गरिब नेपाललाई ताजकी दिन खोजेको हो  । सुन्दर सपना ब्युत्याउन खोजेको हो  । त्यसका लागि सपनाहरु मुर्छित अबस्थाबाट ब्युताउन, पुनर्जीवन दिन खोजेको हु।

अहिले साथीहरुको ध्यान कुर्सीमा होला, कुर्सीमा गए पछि कता हेर्ने ? हामी त्यसमा पनि हेर्छौ।

म संग कुनै निजि आग्रह पूर्वाग्रह छैन. गाउमा जन्मेको साधारण परिवार बाट आएको. पुर्खाको सम्पत्ति खाएको होइन, मर्छु भन्ने लागेको थियो, जनताले भोट दिए यहा आइपुगे।

अविश्वासको र्पस्ताब पास भए मलाई के फरक पर्छ, किनकि मेरो उदेश्य कुर्सीमा बस्ने होइन प्राप्त उपलब्धि जोगाउने हो ।

कहिँ पनि अधिनायकबादी चिन्तन उचित हुन्न । मेरो निम्ति पद र ओहोदाले ठूलो अर्थ लाग्दैन ।

मेरो आस्थामाथि आरोप लगाइएको छ, यस्तो लाग्छ कि संबिधान कसैले ल्याएर दिएको जस्तो, हामीले पाना पल्टाई पल्टाई हेरेको जस्तो गरे, संबिधान निर्माणमा मेरो दल अग्र भागमै थियो भन्ने हेक्का होस्।

ओलीका लागि होइन भोलिका लागि भन्दै नारा लगाउने युवाहरुलाई स्मरण गर्न चाहन्छु
सबैले सुन्ने गरि प्रश्न राखेको छु, सुन्ने गरि जवाफ चाहिन्छ हुलाकी राजमार्ग लगायतका योजनाहरु के गर्नु हुन्छ ? फास्ट ट्रयाक के हुन्छ ? प्रस्तावित रेल मार्ग के हुन्छ ? हेरक जिल्ला सदरमुकाममा चक्रपथ योजना के हुन्छ ? दलित , अपाङ्ग लगायतका लागि सुरु बह्येको सामाजिक सुरक्ष्या योजना के गर्नु हुन्छ ? शैशिक प्रमाणपत्रको ऋण बय्बस्था के गर्नु हुन्छ ?

बहादुरी संग बजेट आश्रित विधयेक फेल गर्दा ठुला ठुला कुरा गर्नु भा छ । बजेट आश्रित बिधेयकलाई फेरि पेश गरेर पास गर्नु हुन्छ कि ? ति ठुला कुरा अब बजेट कार्यान्वयनमा जाँदा के हुन्छ ? तपाईहरु संग विकास र समृद्धिका योजना त् छ ?

सत्ता लम्ब्याउन खोज्यो भन्ने आरोप अल्ग्यो, त्यो नियमावली मैले बनाएको हो ? राजनीति सेवा गर्ने माध्यम हो। सत्ता लम्ब्याउन खोजेको आरोप लाई पूर्ण रुपमा खारेज गर्छु।

फलामको बन्चरोले रुख काट्दा रुखले भन्यो किन रोयो रुख भन्दा मेरै जातको पो रैछ भन्ने लग्यो।

मैले यस अघि नै सम्माननीय राष्ट्रपति समक्ष राजिनामा पेश गरेर आएको छु । साथै मन्त्रिपरिषदले नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न बाधा अड्काउ फुकाउ आदेश राष्ट्रपति समक्ष प्रस्ताव गरेको छु ।

आफूलाई साथ दिएकामा नेपाली जनतालाई धन्यवाद दिन चाहन्छु ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया