प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक विदा !

काठमाडौं, ११ फागुन

प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउँदै छन् । ओली जन्मदिन मनाउन तेह्रथुम जाने भएपछि सो आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो क्षेत्रमा आउने भएपछि आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन मनाउँदै छन् । ओलीले आजै आठराईको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ ।यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने छन् । तेह्रथुममा जन्मिएका ओली पछि झापा बसाईसरेका हुन् ।silapatra

फेसबुकबाट तपाईको प्रतिक्रिया