प्रधानमन्त्री ओलीज्यू, तागत छ समदुरीको सिद्धान्त लागु गर्ने ?
सुरेन्द्र ढकाल
राष्ट्रवादीको मुकुण्डो लगाएर चुनाव जिती प्रधानमन्त्री बनि टोपलेका ओली चुनाव जित्ने बित्तिकै दलबल सहित रसुवागढी पुगेपछी नेपाल–चीन सडक यातायात सम्बन्धलाई महत्व दिएको देख्नेहरुले के सोचेका थिए भने ओली प्रधानमन्त्री भएपछि उनको पहिलो विदेश यात्रा चीनबाट सुरु हुन्छ । किनकी जुनबेला ओली भारत भ्रमण गर्दै थिए, त्यही बेला चीनमा एसियाली राष्ट्रका प्रमुखहरुको बोआओ फोरम फर एसियाको सम्मेलन हुँदै थियो । कुनै बेला राजा वीरेन्द्रलाई प्रमुख अतिथि बनाएको यति महत्वपूर्ण सम्मेलन छाडेर पूर्वप्रधानमन्त्रीहरुले जस्तै ओलीले पनि भारतकै भ्रमण गरेपछि यिनको राष्ट्रवादी मुकुण्डो च्यातचुत हुन पुगेको छ । झन् त्यसमाथि भ्रमण अवधिमा भारतमा निर्वासनमा रहेको तिब्बती सरकारको प्रतिनिधि मास्टर कर्मा तन्पांइ ग्यालसेनसँग ओलीले भेटी उनीबाट खादा ग्रहण गर्नुले शेरबहादुर जस्तै यी ओली पनि फ्री तिब्बतकै अनुयायी रहेछन् भन्ने कुरा प्रस्ट भई यिनको सरकारको एक चीन नीति पनि विगतका नेपालका सरकारकै जस्तै देखाउने दाँत मात्रै रहेछ भन्ने कुरा प्रस्ट भएको छ । अर्को कुरा रक्सौल काठमाडौ ं रेल विस्तारले केरुङ काठमाडा ैं रेलयोजनालाई राम्रै झड्का दिई ओझेलमा पार्ने देखिन्छ ।
भारत र चीनबीच सामरिक रणनीतिक अवस्थामा रहेको नेपालले आर्थिक विकास गर्ने हो भने दुवै छिमेकी राष्ट्रबीच समदुरीको सिद्धान्त लागू गर्न
सक्नुपर्छ । एकसँग विशेष लम्पसारवादको सम्बन्ध राखेर समदुरी हुन सक्तैन । तसर्थ समदुरी सिद्धान्तलाई ब्यवहारमा लागू गरी नेपालको सामाजिक आर्थिक विकास गर्ने हो भने निम्न कार्यहरु तुरुन्त लागू गर्नुपर्दछ ।
१) काठमाडौमा रहेको दलाई लामाको सम्पर्क कार्यालय सदाको लागि बन्द गर्नुपर्छ र नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई कि तिब्बत
फर्काउनुपर्छ कि भारतको धर्मशाला होइन भने अमेरिका र क्यानडाले जसरी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई आआफनो देश लगे त्यसैगरी तिब्बती शरणार्थीहरुलाई आआफनो देश लिएर जाउ अन्यथा उनीहरुलाई चीन सरकारलाई सुपुर्दगी गरिने छ भनी जानकारी दिनु पर्दछ । यी तिब्बती
शरणार्थी नेपालमा रहुञ्जेल नेपालले ब्यवहारमा कहिले पनि एक चीन नीति अख्तियार गर्न सक्दैन त्यसको मतलव फ्रि तिब्बत अभियानको नाममा नेपाल सधैं महाशक्तिहरुको चलखेल गर्ने अन्तर्राष्ट्रिय तनावको स्थल बनिरहन्छ ।
२) भारतसँग जति नाका खोलिएका छन्, त्यति नै नाका चीनसँग पनि खोल्नुपर्दछ र चीनलाई ट्रान्जिट बनाई नेपालले केन्द्रीय एसियाली देश र पूर्वी
युरोपेली देशसँग आफ्नो निर्यात ब्यापार विस्तार गनर्पु दर्छ । यसको लागि आगामी दश वर्षे योजना तय गरी नाका खोल्ने कार्य अघि बढाउनु पर्दछ । यस कार्यमा नेपाली सेनालाई आमरुपमा परिचालन गर्न पर्दछ ।
३) भारतसँग भएका सबै असमान सन्धिहरु खारेज गर्नुपर्दछ । नयाँ सन्धि गर्दा यसका धारा उपधाराहरुले नेपालको सार्वभौमिक अखण्डतामा आँच आउने कुनै शब्द, वाक्य वा वाक्यांश राख्न नपाउने गरी गर्नुपर्दछ । त्यसै गरी कार्यान्वयनमा आइसकेका असमान कोसी, गण्डकी, महाकाली र टनकपुर सम्झौताहरुलाई पनि खारेज गरी समानताको आधारमा पुनः नयाँ सन्धि गर्नपर्दछ ।
४) भारतमा रहेका सबै गोर्खा सैनिक फिर्ता बोलाई नेपाली सेनासँग समायोजन गर्नुपर्दछ र भारतले मिचेको ७४ सीमास्थलहरुमा यिनीहरुलाई तैनाथ
गर्नपु र्दछ । त्यसैगरी अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले दशगजा क्षेत्रमा बनाएका सबै संरचनाहरुको कारण नेपाली भूमि जलमग्न भएको हुँदा उक्त
संरचना हटाउन भारत सरकारलाई औपचारिक रुपमा दबाब दिनुपर्दछ ।
५) नेपाल भारत खुला सीमालाई राहदानीको अनिवार्य व्यवस्थाद्वारा नियमित गर्ने र सीमाक्षेत्रका जनताहरुलाई भने परिचयपत्र देखाएर मात्र आवागमन गर्न दिने ब्यवस्था गर्नपर्दछ । भारतीय रुपैयाँको नेपालभित्र भइरहेको चलनचल्ती पूर्णरुपमा रोक लगाउनु पर्दछ र नेपालभित्र रहेका सबै भारुलाई राष्ट्रबंैकले खिच्नुपर्दछ ।
यी कुराहरु गर्न सकेमा मात्रै साँच्चैको समदुरीको सिद्धान्त लागू गर्न सकिन्छ र नेपालको विकासले छलाङ मार्न सक्छ । अन्यथा मुकुण्डोधारी राष्ट्रवादी भारतीय गुप्तचर संस्थाका वैतनिक एजेन्टहरुबाट न नेपालको स्वतन्त्रता र सार्वभौमिक अखण्डता अक्षुण्ण राख्न सकिन्छ न नेपाललाई भारतभन्दा विकसित बनाउन सकिन्छ । बल्की भुटान, फिजी बनाउँदै लगी अन्तमा सिक्किम पु¥याउने हो यिनीहरुले देशलाई । के छ त बाम गठवन्धनको सरकारसँग समदुरीको सिद्धान्त लागू गर्ने तागत ?
(लेखक नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकाशित मिति २०७४-१२-३०
फेसबुकबाट तपाईको प्रतिक्रिया